सहारा नेपाल साकोसका प्रमुख कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीलाई पितृशोक

0
1483

बिर्तामोड।

सामाजिक अभियन्ता तथा सहारा नेपाल साकोस चारपानेका प्रमुख कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीलाई पितृशोक परेको छ । गिरीका बुवा बमबहादुर गिरीको ८९ वर्षको उमेरमा बिर्तामोड २ चारपाने निजी निवासमा शनिबार अपराह्न ५ बजे निधन भएको हो ।

सामाजिक तथा धार्मिक क्रियाकलापमा सक्रिय गिरीको श्रीमती बशुन्धरा गिरीको २०६६ सालमा निधन भइसकेको छ । स्व.गिरीको दुई छोरा , दुई छोरी ,चार नाती ,चार नातीनी रहेका छन् ।

उनका छोरा –वुहारीहरुमा महेन्द्रकुमार–ज्योती गिरी र राजु –मिनादेवी गिरी रहेका छन् । त्यस्तै छोरी –ज्वाईंहरुमा निर्मला – लोकवहादुर भारती र मिना – ध्यानवहादुर भारती रहेका छन् ।

छोराहरु मध्ये महेन्द्रकुमार गिरी सहारा नेपालका सचिव , राष्ट्रिय सहकारी वैंकका सञ्चालक सदस्य, एकका लागि एक अभियानका संयोजक , जिल्ला सहकारी संघ झापाका उपाध्यक्ष , झापा गोल्डकपका पूर्व अध्यक्ष लगायत विभिन्न सामाजिक संघसंस्थामा आवद्ध रहेका छन् ।

त्यस्तै राजु सहारा नेपाल चारपानेका कर्मचारी लगायत विभिन्न सामाजिक संघसंस्थामा आवद्ध रहेका छन् । त्यसैगरी उनका ज्वाईं ध्यानवहादुर भारती अर्जुनधारा नगरपालिका वडा नंम्वर ५ का वडाध्यक्ष हुन् । स्व.गिरीको शनिवार नै कोटीहोमस्थित कनकाई आर्यघाटमा अन्त्येष्टि गरिएको पारिवारीक श्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here