दुहागढीमा रक्तदान कार्यक्रम सम्पन्न

0
856

दुहागढी ।

लकडाउनका कारण रक्त सञ्चार केन्द्रमा रगत अभाव भइरहेको समयमा झापाको दुहागढीमा आइतबार वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटी दुहागढी उपशाखा र युवा रेडक्रस सर्कलको संयूक्त आयोजना तथा दुहागढी युवा समुहको सहआयोजनामा कार्यक्रम सम्पन्न भएको हो । नेपाल रेडक्रस सोसाइटी झापा शाखाको प्राविधिक सहयोगमा वडा कार्यलयमा सम्पन्न कार्यक्रममा ५ महिला सहित ८१ जनाले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रमको सम्पूर्ण खर्च आफ्नो प्रथम वैबाहिक बर्ष गाँठको अवसरमा स्थानिय रुस्मा मैनाली काफले र सुमित काफलेले उपशाखालाई सहयोग गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी दुहागढी उपशाखाका सभापति गोपिराज मैनालीको सभापतित्व तथा रेडक्रस भापा शाखाका सभापति लोकराज ढकालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मेचीनगर १४का वडा अध्यक्ष शँकर प्रसाद पोखरेल, कार्यपालिका सदस्य बिन्दा प्रसाई, उपशाखा सचिव कृष्णकुमारी सुबेदीले रक्तदानको महत्वका बारेमा प्रकास पारेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here