पूर्वी नाका काँकडभिट्टामा भारतदेखि आउने नेपालीको कोरोना परीक्षण शुरु

0
752

राजु पौडेल /झापा।

पूर्वी नाका काँकडभिट्टामा आइतबारबाट भारतदेखि आउने नेपाली नागरिकहरुको कोरोना परीक्षण शुरु गरिएको छ । भारतमा अलपत्र परेका नेपाली धमाधम नेपाल प्रवेश गर्न थालेपछि नेपाली सेना लगायतको संयुक्त टोलीले भारतबाट आउने नेपालीको कोरोना जाँच सुरु गरेको हो ।

मेचीनगर–६ स्थित काँकरभिट्टा माविको मैदानमा निर्माण गरिएको अस्थायी क्याम्पबाट नेपाली सेना, स्वास्थ्यकर्मी लगायतको टोलीले उनीहरुको थर्मल गर्न मार्फत् ज्वरो मापन र आरडीटी परिक्षण शुरु गरेको हो ।

क्याम्पमा भारतबाट मेचीपुलसम्म आएका नेपाली नागरिकहरुको सहजीकरण, आवश्यक स्वास्थ्य परीक्षण साथै आरडीटी टेष्ट गर्ने गरिएको नेपाली नागरिक स्वदेश आगमन सहजीकरण समितिका संयोजक जनक कोइरालाले बताउनुभयो ।

झापामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वको ‘जिल्ला कोभिड संकट व्यवस्थापन समिति’को बिहीबार सम्पन्न बैठकले सीमावर्ती पूर्वी नाकामा सेनाको अस्थायी क्याम्प राख्ने निर्णय गरेको थियो । जिल्लाकै सबैभन्दा बढी कोरोना संक्रमित देखिएको कचनकवलमा क्वारेन्टाइनको व्यवस्थापनका लागि सेनाले काम गरिरहेको छ ।

हाल काँकरभिट्टास्थित क्याम्पमा भारतबाट आउने नेपालीको आवश्यक स्वास्थ्य जाँच गरि सम्बन्धित पालिकाहरुमा पठाइदैछ । जिल्ला बाहिरकालाई भने सम्बन्धित जिल्ला पठाइने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here