गोरखा अस्पतालमा भेन्टिलेटरसहितको आइसियु सेवा सुरु

0
737

गोरखा ।

गोरखा अस्पतालमा भेन्टिलेटरसहितको सुविधा सम्पन्न आइसियु सेवा शुरु भएको छ । अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित भेन्टिलेटरसहितको आइसियु सेवाका लागि उपकरण जडान गरिएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेश सरकारमार्फत उपलब्ध गराएको रु एक करोडको लागतमा उपकरण खरिद गरी जडान गरिएको सूचना अधिकारी ढकालले जानकारी दिनुभयो ।

पचास श्यया क्षमतामा विस्तार भई अस्पताल सञ्चालन भएको लामो समयसम्म अत्याधुनिक उपकरण जडान हुन नसक्दा समस्या हुँदै आएको थियो । भेन्टिलेटर र आइसियु सेवा सञ्चालनमा ल्याएसँगै अब कोरोना भाइरस (कोभिड– १९) का कारण गम्भीर बिरामी परेकाहरुलाई समेत गोरखा अस्पतालमै राखेर उपचार गर्न सकिने उहाँले बताउनुभयो । अस्पतालले कोरोना सङ्क्रमित बिरामीलाई उपचारका लागि लक्षित गरी उपकरण जडान गरेको उहाँको भनाइ छ ।

प्रदेश सरकारअन्तर्गत रहेको गोरखा अस्पतालमा अहिले निर्माण गरिएको भेन्टिलेटरसहितको आइसियु दुई श्यया क्षमताको रहेको उहाँले बताउनुभयोे । प्र्रदेश सरकार सामाजिक विकास मन्त्रालयले चैत महिनामा रकम निकास गर्ने भनिए पनि ढिलो गरी बजेट प्राप्त भएकाले सेवा शुरु गर्न केही ढिलाइ भएको सूचना अधिकारी ढकालले जानकारी दिनुभयो ।

सेवा विस्तार भएसँगै कोरोना सङ्क्रमणलगायतका अन्य रोगका कारणसमेत भेन्टिलेटरमा बिरामी राख्नुपर्ने भए अब सिफारिस गरेर पठाउनुपर्ने गोरखा अस्पतालको बाध्यता हटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here