कोरोना भाइरस खोपको परीक्षणमा ढिलाइ, सर्वसाधारण चिन्तित

२७ जेष्ठ २०७७, मंगलवार मा प्रकाशित

सुरेश झा/हेटौँडा,

नेपाली अनुसन्धानकर्ता डा ललितकुमार दासले कोरोना भाइरसविरुद्ध विकास गरेको भनिएको औषधि ९खोप० को प्रयोगात्मक परीक्षणको प्रक्रियामा ढिलाइ हुँदा हेटौँडावासी चिन्तित भएका छन् ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत हेटौँडास्थित वन विज्ञान अध्ययन संस्थानका सहप्राध्यापक डा दासले कोरोना भाइरसविरुद्ध खोप विकास गरेको भनिएको एक हप्ताभन्दा बढी भए पनि हालसम्म त्यसको प्रयोगात्मक परीक्षण हुन नसक्दा उनीहरु चिन्तित बनेका हुन् ।

महामारीका रुपमा फैलिएको कोभिड–१९ ९कोरोना भाइरस०विरुद्ध खोपको निराशाजनक रुपमा आगमनको आशामा विश्व रहेको बेला सम्भावित खोपको पहिलो चरणको विकास हेटौँडास्थित वन विज्ञान अध्ययन संस्थानको प्रयोगशालामा गरिएको जिकिर गरिएको छ ।

“नेपाली अनुसन्धानकर्ताले कोरोना भाइरसविरुद्ध खोपको विकास गर्नु हाम्रा लागि गौरवको विषय हो, यसको छिटोभन्दा छिटो परीक्षण हुनुपर्छ”, हेटौँडा–४ का रामप्रसाद अधिकारीले भन्नुभयो, “अहिले खोपको व्यापक चर्चा छ । खोप त बन्यो तर यसको प्रयोगका लागि सरकारको सम्बन्धित निकायले यथाशीघ्र परीक्षण गरेर त्यसको नतिजा सार्वजनिक गर्न सक्नुपर्दछ ।” दुई महिनाभन्दा बढी समयको अथक प्रयास र अनुसन्धान गरेर डा दासले उक्त खोपको विकास गरेको जिकिर गर्नुभएको छ ।

खोप निर्माण भइसकेपछि वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले डा दाससँग आफ्ना मन्त्रालय मातहतका सचिव तथा विशेषज्ञसहित छलफल गर्नुभएको थियो । त्यसपछि मन्त्री दुलालले नेपाल स्वास्थ अनुसन्धान परिषद्का विशेषज्ञसँगसमेत भिडियोकन्फ्रेन्समार्फत त्यसको परीक्षण गराउने सम्बन्धमा छलफल गर्नुभएको थियो । अहिलेसम्म त्यसको परीक्षण हुन नसक्दा सर्वत्र गुनासो बढेको पाइएको छ ।

खोप विकास भएको सार्वजनिक भएपछि उक्त प्रयोगशालामा राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा स्थानीय विभिन्न सञ्चारमाध्यमका पत्रकारको भीड हुने गरेको सो अध्ययन संस्थानका अर्का सहप्राध्यापक दामोदर गैरेले जानकारी दिनुभयो । जडीबुटी विशेषज्ञ एवं उक्त खोप विकासमा सहयोगी प्राध्यापक गैरेले उक्त औषधि ९खोप० कहिले परीक्षण गराउने हो भन्ने विषयमा पत्रकारको जिज्ञासा अत्यधिक रहेको बताउनुभयो ।

वनारस हिन्दू विश्व विद्यालयबाट फाइटो केमेस्ट्रीमा पिएचडी गर्नुभएका डा दासले कोरोना भाइरस नियन्त्रणका लागि केही एन्टी अक्सिडेन्ट एक्टिभिटी र इन्जेमेटिक एक्सन भएको प्लान्ट लिएर शोध गरी उक्त औषधिको विकास गर्नुभएको हो । विभिन्न १५ किसिमका स्वास्थ्यवद्र्धक जडीबुटीबाट यो खोपको विकास गरिएको जिकिर गरिएको छ । उक्त खोपको परीक्षण कहिलेदेखि हुन्छ भनी राससको जिज्ञासामा डा दासले नेपाल सरकारको माध्यमबाट छिटो परीक्षण हुने र त्यसका लागि सामाजिक विकासमन्त्री दुलाल लाग्नुभएको प्रतिक्रिया दिनुभयो ।

विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ०ले समेत सो खोप सम्बन्धमा डा दाससहित ७३ राष्ट्रसँग भिडियो कन्फ्रेन्समार्फत् छलफल गरी आवश्यक सुझावसमेत दिएको छ । त्यसपछि यो खोपप्रति नेपाली जनताको चासो बढ्दै गएको छ । अहिले सो प्रयोगशालामा खोपसम्बन्धी जानकारी लिनका लागि भीड लाग्ने गरेको त्यहाँका कर्मचारी बताउँछन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here