इलाममा पनि देखियो कोरोनाको संक्रमण

0
1181

इलाम,

इलाममा पहिलो कोरोनाको संक्रमण संक्रमण देखिएको छ। भारतको चेन्नाईबाट आएको सूर्योदय नगरपालिकाका २६ वर्षीय युवाको पिसिआर टेस्ट पोजेटिभ देखिएको हो।

उनलाई उपचारको लागि पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा रहेको अस्पतालमा पठाइएको स्वास्थ्य कार्यालय इलामका प्रमुख बृजकुमार दासले जानकारी दिए।

जेठ १८ गते काँकडभिट्टा हुँदै इलाम प्रवेश गरेका उनी करफोकमा रहेको क्वारेन्टाइनमा बसेका थिए। नेपालमा आज मंगलबार मात्रै ३ सय २३ जना काेराेना संक्रमित थपिएका छन्।

थपिएका संक्रममितसँगै नेपालमा अब कुल संक्रमितको संख्या चार हजार ८५ पुगेको छ। त्यस्तै, आज ९६ जनाले कोरोना संक्रमणलाई जितेर डिस्चार्ज भएका छन्।

यससँगै कुल डिस्चार्ज हुनेको संख्या ५८४ पुगेको छ। पछिल्लो समय नेपालमा कोरोनाको संक्रमण तीव्र रूपले फैलिइरहेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हालसम्‍म ७२ जिल्लामा कोरोना फैलिइसकेको छ। पछिल्लोपटक संक्रमण हुनेमा इलाम जिल्ला परेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here