मदिरा बिक्री गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लियो

0
766

अमरगढी,

डडेल्धुरा प्रहरीले सरकारले जारी गरेको लकडाउन उल्लङ्घन गरी मादक पदार्थ बिक्री वितरण गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । डडेल्धुराका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

भीमदत्त राजमार्गअन्तर्गत प्रहरी गस्तीको टोलीले जाँच गर्ने क्रममा डडेल्धुरा सदरमुकामबाट दुई जनालाई पक्राउ गरेको हो । अमरगढी नगरपालिका–५ कीर्तिपुर र तुफानडाँडा बजारबाट दुई जनालाई मदिरा बिक्री वितरण गरिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताउनुभयो ।

पक्राउ पर्नेमा अमरगढी नगरपालिका वडा नं १० राई बस्ने सन्तोष ऐर, अमरगढी–५का दानबहादुर बोहरा र जनकसिंह विष्ट पक्राउ परेका हुन् ।

उनीहरु तीनै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा बुझाइ सङ्क्रामक रोग ऐन, २०२० अन्तर्गत सात÷सात दिन कैद सजाय तोकिएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here