युवा युवतीको क्षमता विकासका लागि उद्घोषण तालिम

0
1144

बिर्तामोड।

नारी चेतना सक्षम संस्था नेपाल कनकाई नपा ९ घैलाडुव्वाको आयोजना तथा कनकाई नपा ९ वडा कार्यालयको आर्थिक सहयोगमा युवा युवतीको क्षमता विकासका लागि दुई दिवसीय उद्घोषण तालिम सम्पन्न भएको छ ।

युवा युवती घरधन्दा र अध्ययनमा सक्षम भएतापनि बाहिरी कार्यक्रममा बोल्न लाज लाग्ने, डर लाग्ने भएकोले प्रष्ट रुपमा निर्धक्क भएर बोल्न र कार्यक्रम सञ्चालन गर्न सक्षम वनाउने उद्धेश्यले उनीहरलाई उद्घोषण तालिम प्रदान गरिएको नारी चेतना सक्षम संस्था नेपालकी अध्यक्ष नर्वदा संग्रौलाले वताइन् ।

दुई दिवसीय उद्घोषण तालिमको सहजीकरण पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसीप्रसाद निरौलाले गरेका थिए । तालिममा ४० जनाको सहभागिता रहेको थियो । तालिममा उपसम्पादक निरौलाले व्यक्तित्व विकास, माईक्रोफोनमा बोल्ने तरीका तथा सुन्दर ढंगले आफ्ना कुराहरु अभिव्यक्ति गर्न अपनाउनुपर्ने उपाय, निर्धक्क भएर कार्यक्रम सञ्चालन गर्ने तरिका हरुका विषयमा प्रयोगात्मक रुपमा जानकारी गराएका थिए ।

तालिममा सहभागीलाई कार्यक्रम सञ्चालन गर्ने तरिकाको वारेमा प्रयोगात्मक रुपमा अभ्यास समेत गराइएको थियो । विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमणबाट वच्न सरकारले जारी गरेको लकडाउनका वीच भएको तालिममा सहभागीलाई स्यानीटाइजर र माक्सको प्रयोग अनिवार्य गरिएको थियो ।

नारी चेतना सक्षम संस्था नेपालकी अध्यक्ष नर्वदा संग्रौलाको अध्यक्षता तथा कनकाई नपा ९ का वडाध्यक्ष प्रेमप्रसाद राजवंशीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाकी उपाध्यक्ष झुमा शर्मा वेडारीले स्वागत गरेकी थिइन् ।

कार्यक्रममा कनकाई नपा ९ का वडासदस्य नरमान श्रेष्ठ , मुना शिवा , नारी चेतना कृषि सहकारी संस्थाकी अध्यक्ष लता श्रेष्ठ , नेपाल रेडक्रस सोसाइटी घैलाडुव्वाका सभापति केशव शर्मा वेडारी ,आर्दश विद्या मन्दिर घैलाडुव्वाका प्रधानाध्यापक धर्मानन्द निरौला , घैलाडुव्वा वजार व्यवस्थापन समितिका अध्यक्ष गोविन्द श्रेष्ठ , अरुणोदय इङ्लिस वोर्डिङ स्कूलका प्रिन्सिपल अरुण राजवंशी , राजवंशी महिला सञ्जाल समितिकी सावित्रा राजवंशी लगायतले शुभकामना दिएका थिए ।

त्यस्तै तालिममा सहभागि रञ्जना पौडेल तिम्सिनाले तालिम उत्साहर्बद्धक र उपलब्धिमूलक भएको बताइन् । उनले प्रयोगात्मक रुपमा तालिम प्रदान गरेकाले अव निर्धक्क भएर कार्यक्रम सञ्चालन गर्न सक्षम भएको वताइन् ।

कार्यक्रममा नारी चेतना कृषि सहकारी संस्थाकी पूर्वअध्यक्ष दिव्यश्वरा उप्रेती , नारी चेतना सक्षम संस्था नेपालकी उपाध्यक्ष झुमा शर्मा वेडारी , मनिका आचार्य उप्रेती , परिना चिमरिया , अंकिता उप्रेतीले गीत प्रस्तुत गरेका थिए । त्यस्तै निशा हिङ्माङ,मुना उप्रेतीले कविता र रञ्जना पौडेल तिम्सिनाले कथा प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन नारी चेतना सक्षम संस्था नेपालकी व्यवस्थापक निर्मला सिटौलाले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here