अवैध हतियारसहित पक्राउ

0
875

चितवन, 

अवैध हतियार पेस्तोलसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भरतपुुर महानगरपालिका–११ का २० वर्षीय सुजन सुनार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनलाई गणेशस्थानबाट पक्राउ गरिएको हो ।

उनको कोठामा लुकाइराखेको अवस्थामा नौ एमएमको पेस्तोल एक थान, फायर भएकोजस्तो देखिने गोली १० थान, खोका दुई थान बरामद भएको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो ।

उनलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ६ अन्तर्गत हतियार तथा खरखजनासम्बन्धी कसूरमा अनुसन्धान तथा कारवाही गरिने उहाँले जानकारी दिनुभयो । सोमबार पक्राउ परेका उनको अनुसन्धानपछि प्रहरीले आज जानकारी गराएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here