पूर्वी सीमा कांकरभिट्टामा नेपालको नयाँ नक्सा सार्वजनिक

0
1051

लक्ष्मी उप्रेती / कांकरभिट्टा ।

नेपाल सरकारले भरखरै सार्वजनिक गरेको नेपालको नक्सा विहीवार नेपाल प्रवेशको पूर्वीद्वारमा राखिएको छ ।

नेकपा निकट राष्ट्रिय युवा संघ नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियनको संयोजनमा भएको कार्यक्रममा १ नम्वर प्रदेश सभा सदस्यद्वय गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीले १० फुट लम्वाई तथा ५ फुट चौडाईको होडिङ्गबोडमा बनाईएको नयाँ नेपालको नक्साको विधिवत उद्घाटन गर्नुभएको थियो । नयाँ नक्सामा भारतले अतिक्रमण गरेको नेपाली भूमि कलापानी,लिपुलेक लिम्पियाधुरासमेत समेटिएको छ ।

नयाँ नक्सा सार्वजिक कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य बुढाथोकीले भारतलेमात्र नभई विश्वका कुनै पनि देशले नेपाली भूमि अतिक्रमण गरे आम देशवासीलाई शैया नहुने भन्दै त्यसका विरूद्ध जस्तो सुकै आन्दलोन गर्न तयार हुने चेतावनी दिनुभयो । प्रदेश सभा सदस्य बुडाथोकीले राजनीतिक आस्था र विचारका आधार फरक मत भएपनि राष्ट्रियताका सवालमा सम्पुर्ण देशवासी एक ठाउँमा उभिने बताउनुभयो ।

देशको सीमा रक्षाका लागि हरेक नेपाली रातदिन सक्रिय रहने भन्दै वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले भारतले अतिक्रमण गरेको जग्गा समेत समेटेर नयाँ नेपालको नक्सा सार्वजनिक गरेकोमा सरकारको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेती, नेकपा झापा जिल्ला कमिटि सदस्य डिल्लीराम घिमिरे, मेचीनगर अध्यक्ष माधवलाल अर्याल, राष्ट्रिय युवा संघका कुमार आचार्य, युवा नेताहरू विनोद मण्डल, दीपक थापा, अखिलका झापा सहसंयोजक दुर्गा धमलालगायतको कार्यक्रममा उपस्थिति थियो । कार्यक्रममा झापा जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष शंकर थापालगायत नेकपा, विद्यार्थीलगायत युवा संघका विभिन्न नेताहरुको सहभागिता थियो ।

अखिलका मेचीनगर अध्यक्ष सन्तोष धमलाले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता राष्ट्रिय युवा संघ नेपालका मेचीनगर अध्यक्ष सरोज मेहराले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here