नगरपालिकाको पहिचान दिन सक्ने बालीको वर्गीकरण गर्न सुझाव

0
817

काँकरभिट्टा ।

मेचीनगर नगरपालिकालाई नगरपालिकाको पहिचानदिन सक्ने बालीको वर्गीकरण गर्न कृषि अर्थविज्ञ र सरोकारवालाहरुले सुझाव दिएका छन् ।

विहीबारनगरपालिकाको सभाकक्षमाआयोजित एक कार्यक्रममामेचीनगर नगरपालिकाक्षेत्रले कुनै एउटा बालीले आफ्नो पहिचानबनाउनुपर्ने समेत उनीहरुको भनाई थियो । नगरपालिकाको आर्थिक वर्ष २०७७÷ ०७८ को वार्षिक बजेट नीतितथाकार्यक्रमतर्जुमा सन्दर्भमा कृषि अर्थविज्ञ कृषिसँग जोडिएका सहकारी संघ संस्थाकाप्रमुखप्रतिनिधीहरुसँग कृषि सँग सम्बन्धितविषयमा राय सुझाव संकलन गर्न आयोजित छलफल कार्यक्रमका सहभागीहरुले यस्तो कुरामा जोड दिएकाहुन ।

कृषि अर्थविज्ञ सुरेशकुमार कामतको उपस्थितिमाभएको छलफलमा मेचीनगरका १५ वटा वडामा अलगअलगबालीलगाउन समेत नगरपालिकालाई सुझावदिएकाथिए । कुन वडामा के खती गर्न सकिन्छ त्यहाँको माटो कस्तो छ त्यसको पहिचान गरी त्यो माटोमा जुन वस्तुको उत्पादन हुन्छ त्यसैको खेती गर्नुपर्ने सहभागीहरुको भनाई थियो ।

कृषि ज्ञान केन्द्र झापाकाप्रमुखनीलकमलसिहंले अब युवालक्षित कृषिबाली छनौट गर्नुपर्नेमा जोड दिदैं पुर्व पश्चिमलोकमार्गको साइडमा नगरपालिकाले आफ्नो क्षेत्रभित्रफलफूललगाउन सुझावदिनुभयो । उहाँले टनेल खेतीलाई प्रोत्साहनदिनभन्दैं धेरै वालीभन्दापनि तीनवटा बाली छनौट गरी चाक्लावन्दी खेतीलाई समेत बढवा दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममाबोल्ने अधिकाँशबक्ताहरुले कृषिऔजारी करणमा जोड दिदैं स्थानीय सरकारले कृषकले उत्पादन गरेका वस्तुलाई बजारसम्म पुर्याउन सडक तथाबजारीकरणको व्यवस्थापन गर्न राय प्रस्तुत गरेका थिए ।

बाझो जमनिको व्यवस्थापन, सिचाई, औजारीकरण, ग्रेडिङ, प्याकेजिङलगायतकाविषयमा समेत स्थानीय सरकारले ध्यानदिनुपर्ने सहभागीको भनाई थियो । सम्भावित क्षेत्रको पहिचान गरी मौसमी तथा बेमौसमी खेती गर्न सके आर्थिकरुपमा कृषकको जीवनस्तरमजवुतहुने हुँदात्यसतर्फ पनिनगरपालिकालाग्नुपर्ने सहभागीको जोड थियो ।

अहिलेसम्म कृषिप्राविधिकहरु लक्षित समुदायसँगपुग्ननसकेको भन्दैं प्रत्येक वडामा एक÷एकजना कृषिप्राविधिकको व्यवस्थानगरपालिकाले गर्नुपर्ने,मलखादप्राङरिक, जैविकतथा रसायनिकमलको समुचितव्यवस्थापन गर्नुपर्ने, चाक्लावन्दी खेती प्रणालीको प्रारम्भ, सहकारी साझेदारी कार्यक्रम, प्रतिस्पर्धी उत्पादन प्रणाली, बालीउपचार प्रणाली, कृषिवीमाको प्रचार प्रसार , माटो परीक्षण, टनेल खेतीसहितथोपासिचाइ, गुणस्तरीय बीउबिजनको उत्पादनउत्पादितवालीको मुल्यश्रृखलामा परिवर्तनलगायतकाविषयमा छलफल भएको थियो ।

कृषि अर्थविज्ञ सुरेशकुमार कामत, नेपालबहुउद्येश्यीय सहकारी संस्थाकाअध्यक्ष रामचन्द्र उप्रेती, मेची कृषक बहुमुखी सहकारी संस्था लिमिटेड अन्तर्गतको सामुदायिकपोष्ट हार्मेष्ट सेवाकेन्द्रका संयोजकदुर्गाप्रसाद सापकोटा, महालक्ष्मी कृषि सहकारी संस्थाकाअध्यक्षदुर्गा खतिवडा, जुनतारा कृषि सहकारी संस्थाकाअध्यक्ष जगन भट्टराई, कृष्णथुम्की कृषि सहकारी संस्थाकाअध्यक्षहिक्मत क्षेत्री, रामहरि नेपाल, चिरञ्जिवी भट्टराई, वशिष्ठ अधिकारी, दीपक काफ्ले, सजिना खड्का, हेमन्त मोक्तानलगायतले आआफ्नो राय सुझाव प्रस्तुत गर्नुभएको थियो ।

नगर प्रमुखविमलआचार्यको सभापतित्वमाभएको छलफलमा प्रमुखसहितउपप्रमुखमीनापोखरेल उप्रेतीले यी सुझावहरुलाई ध्यानमा राखेर आर्थिक वर्ष २०७७÷ ०७८ को वार्षिक बजेट नीतितथाकार्यक्रममा समेट्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here