बचाऊ हामीलाई प्रभु

1
1871

महामारी आयो कोरोना को नाममा,
ब्यापारी बर्बाद भये लकडाउनको नाममा।
न खानु छ, न प्युनु छ,
बजार गए कोरोनाको कहर छ।
ध्वस्त बनायो कोरोनाले हाम्रो जीवन
कसरी उबारने हो, प्रभु हाम्रो दैनिकी जीवन।
हुने खानेले कमाएको नै छ,
गरीबले भए नि केहि राहत पाएको नै छ।
मरने त भए मध्यम वर्गका मानिस,
यहां बैंकको ऋण र सरकार लाई ट्याक्स तिर्ने अर्को दवाब छ।
घरका सदस्यहरू को अवस्था खराब छ, ज्वरो आउँदा पनि क्वारेन्टाइनमा बस्नु पर्छ की भन्ने डर छ।
केही पाइन्छ की भन्ने सरकारबाट आस मात्र रहयो,
सरकार ले त झन मिठो ट्याक्सको प्रहार गर्यो।
प्रभु कोरोनाले १०–२० को ज्यान गयो,तर यथार्थमा त हजारौ मानिसले भोकमारी म ज्यान गुमायो।
अन्त्य यो महामारी विश्व बाट हटाई देउ प्रभु,
हाम्रो सुन्दर नेपालमा हामीलाई पनि हँसी खुशी बच्न देउ,
यही बिन्ति छ हामी नेपालीको तपाई लाई।
अब कसैले ज्यान नगुमाओस यो महामारीमा प्रभु ।

प्रवीण अग्रवाल , बिर्तामोड ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here