ट्याक्टर दुर्घटनामा दुई बालिकाको मृत्यु

0
534

विराटनगर ।

भोजपुर र उदयपुरमा भएको छुट्टा–छुट्टै सवारी दुर्घटनामा दुई बालिकाको मृत्यु भएको छ ।

भोजपुरको रामप्रसादराई गाउँपालिका–५ की १४ बर्षीया पुष्पा पराजुलीको ट्याक्टर दुर्घटनाबाट मृत्यु भएको छ । रामप्रसादराई गाउँपालिका–५ स्थित भित्री सडक खण्डमा को २ त ८७१४ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल झर्दा सोही ट्याक्टरमा रहेकी बालिका पुष्पाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

ट्याक्टरमा रहेका अन्य ५ जना समेत घाईते भएकोले उनीहरुलाई थप उपचारको लागी बिराटनगर तर्फ ल्याउदै गरेको उक्त कार्यालयले जनाएको छ । ट्याक्टर चालक भोजपुर आमचोकका ३५ बर्षीय मानबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

त्यस्तै उदयपुरको उदयपुरगढी–६ की ९ बर्षीया बिबिषा पाण्डेको ट्याक्टर दुर्घटनाबाटै मृत्यु भएको छ । उदयपुरगढी–७ बाघखोर स्थितमा स १ त ५१०७ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा सोही ट्याक्टरमा रहेकी बालिका बिबिषाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

ट्याक्टर चालक बिदुर पाण्डेलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । मृतक बालिका ट्याक्टर चालककै छोरी रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here