नेपाल ट्रेड युनियन कांग्रेस झापाले दियो अटो , रिक्सा तथा ठेला चालकलाई राहत

0
1166

बिर्तामोड, 

नेपाल ट्रेड युनियन काग्रेस झापाले बिर्तामोड क्षेत्रमा रहेका नेपाल रिक्सा तथा ठेला श्रमिक संघ र नेपाल अटो तथा ई रिक्सा चालक संघसंँग आबद्ध बिपन्न परिवारका ५४ जना श्रमिकलाई राहत बितरण गरेको छ ।

नेपाल ट्रेड युनियन काग्रेस झापाका अध्यक्ष यज्ञप्रताप अधिकारीको अध्यक्षता तथा संविधान सभा सदस्य सुधिरकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

 

 

कार्यक्रममा नेपाली कांग्रेस झापाका सभापति उद्धव थापा, विर्तामोड नगरपालिका वडा नं ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस विर्तामोड नगर सभापति भोजराज सिटौला , नेपाल चिया वगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दिपक तामाङ, नेपाल ट्रेड युनियन कांग्रेसकी केन्द्रीय सदस्य उर्मिला पोखरेल , नेपाल ट्रेड युनियन कांग्रेसका प्रदेश उपाध्यक्ष दिपक प्रधान, प्रदेश सहसचिव यमुना ओली खरेल , प्रदेश सदस्य रणदेव हजाम, नेपाल ट्रेड युनियन कांग्रेस झापाका वरिष्ठ उपाध्यक्ष गंगा ओडारी , उपाध्यक्ष अशोक गिरी, नेपाल यातायात मजदुर संघका केन्द्रीय सदस्य यादव ओली, नेपाल रिक्सा तथा ठेला श्रमिक संघ झापाका अध्यक्ष देवीप्रसाद राजवंशी लगायतले राहत वितरण गरेका थिए ।
समाजसेवी तथा निर्माण व्यवसायी शेरबहादुर थापा, नेपाल ट्रेड युनियन काग्रेस झापाकी सचिव राजकुमारी शेर्पा राई , सहसचिव जीवनकुमार खड्का, नेपाल चिया बिकास निगमलगायतले राहत सामग्री उपलव्ध गराएको नेपाल ट्रेड युनियन काग्रेस झापाका अध्यक्ष यज्ञप्रताप अधिकारीले जानकारी दिए ।

विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमणवाट वच्न सरकारले जारी गरेको लकडाउनका कारण बिर्तामोड नगरका अटो रिक्सा , ठेला , रिक्सा , ई रिक्सा चलाउने बिपन्न परिवारका श्रमिक भोकभोकै बस्ने अवस्था आएकाले उनीहरुको सुख दुःखको सारथी वन्दै राहत बितरण गरेको उनले बताए ।
कार्यक्रमको सञ्चालन नेपाल ट्रेड युनियन काग्रेस झापाकी सचिव राजकुमारी शेर्पा राईले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here