झापामा लकडाउनका अवधिमा ५१ जनाले आत्महत्या गरे

0
616

लक्ष्मी उप्रेती / काँकरभिट्टा,

लकडाउनभएयता झापामा ५१ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार अघिल्लो वर्षको चैत ११ गतेदेखि हालसम्म झापाका विभिन्न पालिकामा ४६ जनाले झुण्डिएर ४ जनाले विष सेवन गरी तथा एकजनाले धारीलोे हतियार प्रयोग गरी आत्महत्या गरेका हुन् । झूण्डिएर आत्महत्या गर्नेमा पुरुषको तुलनामा महिलाको संख्या बढि छ ।

कार्यालयका अनुसार यो अवधिमा १८ पुरुष २३ महिला र एकजना बालकले आत्महत्या गरेका छन् । आत्महत्या सम्बन्धि उमेर समुहको आधारमा १६ वर्षमूनिका ३, २६ देखि ३५ वर्ष उमेर समुहका १६, ३६ देखि ४५ वर्षसम्मका ९, ४६ देखि ६० वर्षसम्मका ६, ६० वर्षमाथिका ३ जनाले यो अवधिमा आत्महत्या गरेका थिए । प्रहरीका अनुसार मानसिक विचलन, रोगी, पारिवारिक कलह, गरिवी मादक पदार्थ सेवन नै अहिलेसम्म आत्महत्या गर्नुका कारण फेला परेका छन् ।

लकडाउनका अवधिमा कार्यालयमा जवरजस्ती करणीका १५ वटा मुद्घा दर्ता भएको त्यसमा संलग्न १७ जनालाई प्रहरीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । जवरजस्ती करणी उद्योगमा चारजना पक्राउ परेका छन् भने एकजना अझै फरार रहेको कार्र्यालयले जनाएको छ ।

यो अवधिमा जिल्लामा ५ वटा जवरजस्ती करणी उद्योगका घटना भएका छन् । लकडाउनभएयता झापामा जवरजस्ती करणीका १५ वटा मुद्घा दर्ता भएका छन् । त्यसमा संलग्न १७ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।

लकडाउनका अवधिमा प्रहरीले जिल्लाका विभिन्न स्थानबाट जवरजस्ती करणी उद्योगमा संलग्न भएको आरोपमा चारजना पक्राउ परेका छन् भने एकजना अझै फरार रहेको कार्र्यालयले जनाएको छ । यो अवधिमा जिल्लामा ५ वटा जवरजस्ती करणी उद्योगका घटना भएका छन् ।

प्रहरी नायव उपरीक्षक थापाले दिएको जानकारी अनुसार लकडाउनकै अवधिमा बाल यौन दुुरुपयोगका घटना समेत भएका छन् । त्यसमा संलग्न २ जनालाई प्रहरीले आवश्यक कारवाहीका लागि नियन्त्रणमा लिएको छ । लागूऔषधका ९ वटा मुद्घा दर्ता हुुदा त्यसमा संलग्न १७ जना पक्राउ परेका छनु भने ८ जना अझै फरार रहेका छन् । लकडाउन जारी भइरहदा जिल्लामा ८ पुरुष ३ महिला तथा एक÷ एकजना बाल बालिका गरी कुल १३ जना मृत अवस्थामा फेला परेका छन् । हातहतियार खरखजनाका १, ज्यान मार्ने उद्योग र अप्राकृतिक मैथुनका ३÷३ वटा मुद्घा लकडाउनका अवधिमा दर्ता भएका छन् ।

प्रहरी नायव उपरीक्षक थापाका अनुसार सो अवधिमा घरेल हिँसा सम्बनिध १८ वटा उजुरी परेपनि १५ वटा मिलापत्र भएको र ३ वटा फस्र्याेट हुन बाकी रहेका छन्् । कार्यालयमा लकडाउनकै बखत विभिन्न कसुरका ४८ वटा ठाडो उजुरी परेकामध्ये ४४ वटा मिलापत्र भएको ४ वटा छलफलकै प्रकृषमा रहेको उहाँको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here