लायन्स क्लवको पदस्थापन विर्तामोडमा शर्मा र भद्रपुरमा रेग्मी

0
519

सुरेन्द्र भण्डारी

विर्तामोड,साउन २८ । मानविय सेवामा समर्पित लायन्स क्लव अफ विर्तामोड र भद्रपुरको आज झापाको विर्तामोडमा आयोजित एक समारोहका वीच पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।

लायन्स क्लवका डिष्ट्रिक ३२५ ए वानका प्रथम भाइस डिष्ट्रिक गर्भनर भीम घिमिरेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमका वीच  पदस्थापन कार्यक्रम सम्पन्न भएको हो । पदास्थापन कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लवका डिष्ट्रिक ३२५ ए वानका प्रथम भाइस डिष्ट्रिक गर्भनर घिमिरेले लायन्सका विर्तामोड र  भद्रपुरका नयाँ कार्य समितिलाई पदस्थापन ग्रहण गराएका थिए  ।
पदस्थापन गराएका पदाधिकारीहरुमा लायन्स क्लव अफ बिर्तामोडका अध्यक्ष सत्यनारायण शर्मा, प्रथम उपाध्यक्ष मेमलाल राजवंशी द्वितीय उपाध्यक्ष, सुरजकुमार रौनियार, सचिव गौरीशंकर गुप्ता(टिंकु), सह सचिव यज्ञराज अग्रवाल र कोषाध्यक्षमा ओमकृष्ण विमली रहेका छन् ।
त्यसैगरी टेलटुइस्टमा गोविन धिमाल, टेमरमा  पुष्कर निरौला, पीआरओ सञ्जय चौधरी र डाइरेक्टर क्रमशः निकेश गट्टानी सुशीलकुमार अग्रवाल (सीए), फीपध्वज काम्वाङ र अनुराग सिन्हा रहेका छन् ।
यसैगरी लायन्स क्लब अफ भद्रपुरका अध्यक्ष  प्रदीपमणी रेग्मी, प्रथम उपाध्यक्ष पृथ्वीबहादुर पौडेल, द्वितीय उपाध्यक्ष अरुणा मास्के, तृतीय उपाध्यक्ष कमल शर्मा र सचिव रमेशप्रसाद पौडेल, सहसचिव सुरेश श्रेष्ठ, कोषाध्यक्ष हुलास चन्द्र सरिया रहेका छन् । यसरी नै  टेलटुइस्ट खोकन घोष र डाइरेक्टरमा मदनलाल गुप्ता, जयप्रकाश अग्रवाल,ललितादेवी सरिया, कुसुम सरिया, सञ्जु गुप्ता, सुनिता कोठारी, लिना वर्मा रहेका छन् । पदस्थापन कार्यक्रममा लायन्सले गरेको सामाजिक कार्य अत्यन्त प्रशंसनीय  रहेको भन्दै आफूपनि यस क्लवमा आवद्ध भएर केही सामाजिक कार्य गर्ने दृढ संकल्प गर्दै  झापा उद्योग बाणिज्य संघ बिर्तामोडका अध्यक्ष बलराम कार्की र भेनियर उत्पादक संघका महासचिव गोपाल तुलस्यान लायन्समा प्रवेश गरेका थिए ।
लायन्स क्लबअफ बिर्तामोडका संस्थापक अध्यक्ष भरतलाल गिरीले निवर्तमान अध्यक्ष सुरेशकुमार अग्रवाल भद्रपुरेलाई खादा र मल्यार्पण गरी  सुरु गरिएको कार्यक्रममा दिनेश मित्तल, टंकबहादुर श्रेष्ठ, राजन खत्री, सुजनकुमार श्रेष्ठ, फूलकुमार लालवानी, प्रदीप रेग्मी, कुमुदचन्द्र झा, बलराम कार्की लगायतले बोलेका थिए । ओमकृष्ण विमलीले स्वागत गरेको कार्यक्रममा ध्वजाको अभिवादन निकेश गट्टानीले गरेका थिए  । त्यस्तै अरुणोदय बोर्डिङ स्कूल घैलाडुब्बाका प्रिन्सिपल अरुण राजवंशीले लायन्स क्लब अफ बिर्तामोडले आफ्नो विद्यालयमा गरेर विद्यालयमा अध्ययनरत् विद्यार्थीको केही समयअघि निशुल्क आँखा परीक्षण गरेकोमा सह्राना व्यक्त गर्दै मायाको चिनो प्रदान गरेका थिए ।
त्यसैगरी प्राविधिक सहयोग मेची आँखा अस्पतालले पु¥याएको भन्दै अस्पतालका प्रशासकीय अधिकृत सुरजकमार रौनियारलाई स्कूलको तर्फबाट मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रममा लायन्स क्लब अफ बिर्तामोडका निवर्तमान अध्यक्ष सुरेशकुमार अग्रवाल भद्रपुरेले आफ्नो कार्यकालमा झापासहित मेची अञ्चलका विभिन्न ठाउमा गएर पाँच हजार नागरिकको निःशुल्क आँखा परीक्षण गरेको र पाँच सय बढी आँखाका रोगीहरुलाई सफल निःशुल्क शल्यक्रिया गरेको जानकारी गराए । त्यसैगरी अपाङ्गता भएका व्यक्तिहरुलाई विभिन्न ठाउँमा गएर ह्वील चियर,कृतिम खुट्टा वितरण , अनाथालय र वृद्धाश्रममा गएर विभिन्न सामग्री  वितरण गरेको समेत कार्यक्रममा जानकारी गराएका थिए । कार्यक्रमको संचालन लायनस क्लव अफ विर्तामोडका पूर्व अध्यक्ष गौतम शर्मा शिवाकोटीले गरेका थिए ।