हजारौंले गरे शिवलाई जलाअर्पण

0
367

अर्जुनधारा,साउन २८। पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा जलेश्वरधाममा यस वर्षको श्रावणी पर्व अन्तिम सोमवार हजारौं  भक्तजनहरुले भगवान शिवलाई जलाअर्पण गरेका छन् ।
विहान तीन बजेबाट सुरु भएको जल अर्पण कार्यक्रममा झापा सहित पूर्वाञ्चल विकास क्षेत्र र छिमेकी राष्ट्र भारतको असाम,पश्चिम बँगाल राज्यका विभिन्न स्थानहरुबाट धाममा जलाअर्पण गर्न ठूलो संख्यामा भक्तजनहरु धाममा आएको धाम समितिका कोषाध्यक्ष मनोज जोशीले बताए ।
पैदल तथा विभिन्न सवारी साधनहरुमा आएका भक्तजनहरुको भीडलाई व्यवस्थित एवं सुविधायुक्त तरिकाले जल अर्पण गर्नका लागि स्थानीय स्वंयसेवक,नेपाल प्रहरी,सशस्त्र प्रहरी र ट्राफिक प्रहरीहरुलाई व्यापकरुपमा परिचालन गरिएको धाम समितिका कोषाध्यक्ष जोशीले जानकारी दिए ।