नेकपाको सचिवालय बैठक बस्दै, एमसीसीबारे छलफल हुने

0
863

काठमाण्डाै, 

नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालयको बैठक आज बस्दैछ ।

प्रधानमन्त्री निवास वालुवाटारमा दिउँसो ४ बजे बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीको बारेमा छलफल हुनेछ । आजको छलफलमा एमसीसीको बारेमा अध्ययन गर्न नेकपाले बनाएको कार्यदलका नेता भीम रावल र प्रदीप ज्ञवालीलाई पनि आमन्त्रण गरिएको महासचिव विष्णु पौडेलले उज्यालोलाई जानकारी दिनुभयो ।

एमसीसीको बारेमा धेरै विवाद र बहस भइरहेको बेला नेकपाले यसलाई टुंगो लगाउने तयारी गरेको छ । नेकपाले गठन गरेको कार्यदलले एमसीसीका केहि बुँदा संशोधन गरेर मात्रै कार्यान्वयनमा लैजानुपर्ने सुझाव दिएको छ ।

सरकारले बजेटमा नै एमसीसीको सहयोगबाट लागु हुने परियोजना समावेश गरेकाले यसलाई छिटो टुंग्याउनुपर्ने सरकार र नेकपाको जोड छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here