धनुषामा गोली हानेर हत्या गर्ने सुटर पक्राउ

0
454

जनकपुरधाम,

धनुषामा गोली हानेर हत्या गर्ने सुटर आज पक्राउ परेका छन्।

महोत्तरीको जलेश्वर नगरपालिका ३ का १९ वर्षीय श्रवण मण्डल पक्राउ परेका हुन्।

सबैला नगरपालिका ७ का अरुण मण्डलको गोली हानी हत्या गरेको आरोपमा उनलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ।

जेठ २८ मा गोली हानेर हत्या गरेको अवस्थामा मण्डलको शव घरनजिकै फेला परेको थियो।

पक्राउ परेका श्रवणमाथि अनुसन्धान सुरु गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका एसपी जयराज सापकोटाले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here