झापामा बालिकालाई यौन दुर्व्यहार गरेको आरोपमा एक जना पक्राउ

0
734

झापा ।

झापाको मेचीनगर नगरपालिका–२ मा १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय रमेश बस्नेत छन्।

प्रहरीका अनुसार घटना २६ जेठको हो । साँझ घरबाट पसल जाँदै गरेका बेला बस्नेतले दुर्व्यहार गर्न खोजेको प्रहरीमा जाहेरी परेको छ।

इलाका प्रहरी कार्यालय, काँकरभिट्टाका डीएसपी राजेन्द्र पोखरेलका अनुसार बस्नेतविरुद्ध बाल यौन दुर्व्यवहारको कसुर अन्तर्गत् म्याद थप गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here