श्रीमानको हत्या आरोपमा श्रीमतीसहित तीनजना कारागार चलान

0
660

विराटगर,

विराटगरका औषधि व्यावसायी देवीप्रसाद दुलालको हत्या आरोपमा पक्राउ परेका तीनजना पूर्पक्षका कारागार चलान भएका छन् ।

३३ वर्षीय दुलालको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका दुलालकी श्रीमती मीना श्रेष्ठ, सिरहा लहान नगरपालिका–१० घर भइ हाल विराटनगर बस्ने २१ वर्षीय ब्रहमदेव साह र इटहरी १२ का २० वर्षीय सोनु साहलाई थुनामा राख्ने आदेश दिएको हो ।

आइतबार जिल्ला अदालत मोरङका न्यायाधीश राजकुमार कोइरालाको इजालाशले पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको अदालतका श्रेस्तेदार इश्वरमणी ओझाले जानकारी दिए ।

३ जेठ राति दुलालको हत्या भएको थियो । मोरङ प्रहरीले ४ जेठमा हत्यामा संलग्न भएको आरोपमा दुलालकी श्रीमतीसहित तीनजनालाई पक्राउ गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here