बिर्तासिटीमा अग्रज पत्रकार चन्द्र भण्डारीको टाउकोको शल्यक्रिया सफल

0
1860

बिर्तामोड, अग्रज पत्रकार तथा नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारीको टाउकोको शल्यक्रिया गरिएको छ ।
टाउको दुखेर स्वास्थ्य परीक्षणका लागि आइतबार दिउँसो विर्तामोडस्थित विर्तासिटी हस्पिटलमा पुगेका थिए पत्रकार भण्डारी । मस्तिष्कको नशामा रगत जमेको चिकित्सकले बताएपछि आइतबार बेलुका भण्डारीलाई अस्पतालमा भर्ना गरिएको थियो ।

तत्कालै शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएपछि विर्तासिटी हस्पिटलका न्युरो सर्जन डा. चन्द्रप्रकाश लिम्बू नेतृत्वको टोलीले डेढ घण्टा लगाएर आइतवार बेलुका नै पत्रकार भण्डारीको टाउकोको शल्यक्रिया गरेको थियो । डा. लिम्बुका अनुसार भण्डारीको स्वास्थ्य अवस्थामा सुधार आएकोे छ ।
कञ्चनजंघा एफएमका संस्थापक प्रबन्ध निर्देशक भण्डारीलाई सघन उपचार कक्षबाट सोमवार दिउँसो क्याविनमा सारिएको हस्पिटलका निर्देशक आनन्द वस्नेतले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here