मेची अस्पतालको आइसीयुमा उपचाररत एक पुरुषमा कोरोना पुष्टि

0
1220

पार्थ मण्डल/ भद्रपुर ।

मेची अस्पताल भद्रपुरको आइसियुमा उपचाररत एक जना पुरुषमा कोरोना पुष्टि भएको छ । भद्रपुर नगरपालिका- ८ बस्ने ३९ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको अस्पतालका मेसु डा. पीताम्बर ठाकुरले जानकारी दिए । भारतको मुम्बईबाट आएका उनी काँकडभिट्टा नाका भएर स्वदेश फर्किएका थिए ।

घर आएका उनलाई काँकडभिट्टाबाट सोजै मेची बहूमुखी क्याम्पस भद्रपुरको क्वारेन्टाइनम लगेर राखियो । क्वारेन्टाइनमा बसेका उनी बिरामी परेपछि जेठ ३१ गते मेचीको आइसियुमा भर्ना गरिएको थियो ।

उनको स्वाब सङ्कलन गरी विराटनगर पठाएकोमा रिपोर्ट पोजेटिभ आएको डा. ठाकुरले जानकारी दिए । अहिले आइसियुमा सङ्क्रमितसहित तीन जना उपचाररत रहेका छन् । कोरोना संक्रमित भेटिएपछि अहिले अस्पताल प्रशासनबीच छलफल भइरहेको छ ।

योसँगै भद्रपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या चार पुगेको छ । उता मेचीनगरका तेस्रो व्यक्तिमा कोरोना सङ्क्रमित पुष्टि भएको छ । कोरोना पुष्टि भएका मेचीनगर नगरपालिका ५ बस्ने २२ वर्षीय पुरुष भारतको चेन्नाईबाट गत जेठ २७ गते काँकडभिट्टा आइपुगेका थिए । उनलाई मेची पुलबाट एम्बुलेन्समा हालेर सिधै मेचीनगर–५ स्थित घर नजिकैको बाल कल्याण माविको क्वारेन्टाइनमा राखिएको थियो ।

यता जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या १७७ पुगेको छ । जिल्लामा हालसम्म कचनकवलमा १२७, गौरीगञ्जमा १६ जना, बाह्रदशीमा ७ जना, बुद्धशान्तिमा पाँच जना, कनकाईमा तीन जना, अर्जुनधारा र हल्दिबारी दुई/ दुई जना, गौरादह नगरपालिकामा चार जना, दमक, कमल, शिवसताक्षी र झापा गाउँपालिकामा एक/ एक जना कोरोना पुष्टि भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here