झापा गाउँपालिकाका ९ सडकमा कालोपत्रे गरिदै

0
782

बिर्तामोड।

झापा गाउँपालिकामा एक पछि अर्काे गर्दै सडक कालोपत्रे गर्न शुरु गरिएको छ । गाउँपालिकाले ग्रामीण क्षेत्रका सबै सडक कालोपत्रे गर्ने योजना अनुसार चालू आर्थिक वर्षमा ९ वटा सडक कालोपत्रे गर्न लागेको हो ।

गाउँपालिकाको वडा नं.४ नयाँ वस्ती , वच्चु टोल हुँदै हुलाकी राजमार्गसम्म जोड्ने १.५ किलोमिटर कालोपत्रे गर्न शुरु गरिएको छ । सडक कालोपत्रे गर्ने कार्यको झापा गाउँपालिका अध्यक्ष जयनारायण साहले शिलन्यास गरेका छन् । सडक कालोपत्रे कार्यका लागि एक करोड पचास लाख त्रिपन्न हजार चारसय छब्बीस रुपैयाँ रहेको अध्यक्षले जानकारी गराएका छन् ।

सतासी जयलक्ष्मी निर्माण सेवा जेभी. कम्पनीले सडक निर्माणको जिम्मा लिएको छ । सडक शिलन्यास कार्यक्रममा वडाध्यक्षहरु राजु भारती , राजकुमार यादव , रेडक्रसका सुन्दरलाल गणेश, झापा गाउँपालिकाका शिक्षक महासंघका सचिव तथा सालमारा प्राविका प्रधानाध्यापक समसाद आलम लगायतको सहभागीता रहेको थियो । गाउँपालिकले चालू आर्थिक वर्ष २०७६÷०७७ मा नौ वटा सडक कालोपत्रे गर्न ११ करोड ७९ लाख ४६ हजार १ सय ८२ रुपैयाँ १२ पैसा छुट्याएको छ ।

सबै वडाका मुख्य सडकमा कालोपत्रे पु¥याउने लक्ष्य सहित गाउँपालिकाले वडागत रुपमा सडक छनौट गर्दै कालोपत्रे गरेको गाउँपालिका अध्यक्षसाहले जानकारी दिए । गाउँका सडक फराकिला र कालोपत्रे हुन थालेपछि अहिले त्यहाँका स्थानीयवासी हर्षित देखिएका छन् ।

गाउँपालिकाले हस्पिटल– सितुमारी– सालमारा सडक कालोपत्रेका लागि २ करोड २० लाख ७६ हजार २ सय ६९ रुपैयाँ ८४ पैसा वजेट विनियोजन गरेको थियो । सोही रकमले यो सडक कालोपत्रे भएको हो । यो सडक एसएएस जेभीले कालोपत्रे गरेको हो ।

एक करोड ३६ लाख ६० हजार ४ सय ७१ रुपैयाँ एक पैसाको लागतमा झापा खानेपानी टेङ्की – वालुवाटार– सिमलवारी तथा टेकरिया चौक – सानुमाई सडक कालोपत्रे भएको छ । यो वडा नम्वर २ मा पर्छ । यो सडक शिद्धकाली इन्टरनेशनल विल्डर्सले कालोपत्रे गरेको हो ।

वडा नम्वर ४ को बगान उत्तर बच्चुटोल हुलाकी सडक कालोपत्रे भएको छ । सतासी – जयलक्ष्मी जेभीले एक करोड ५० लाख ५३ हजार ४ सय २१ रुपैयाँ ५६ पैसाको लागतमा सडक कालोपत्रे गर्न शुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन निरौलाले बताए ।

शिद्धकाली इन्टरनेशनल विल्डर्सले नै गाउँपालिकाको फुलगाच्छी –सिमलवाडी सडक कालोपत्रे गरेको छ । सो सडक निर्माणका लागि गाउँपालिकाले एक करोड ४७ लाख ३९ हजार ७ सय ९ रुपैयाँ २१ पैसा वजेट विनियोजन गरेको थियो ।

९६ लाख ८६ हजार ६ सय १७ रुपैयाँ ५२ पैसाको लागतमा शान्ति निर्माण सेवाले खर्मेली चौक – तामाङ गाउँ वियर फ्याक्टी सडक कालोपत्रे गरेको हो । यसैगरी मदरगाछ बजार वडा कार्यालयसम्म जोड्ने सडकको निर्माण सहित कालोपत्रे सम्पन्न भएको छ । सो सडक निर्माणका लागि एक करोड ३८ लाख ३६ हजार ४ सय १५ रुपैयाँ २३ पैसा गाउँपालिकलो विनियोजन गरेको थियो ।

वडा नम्वर ६ र ७ मा पर्ने शरणामती चौकदेखि दयालधाम जाने सडक कालोपत्रे भएको छ । सो सडक एक करोड ३४ लाख ६८ हजार ३ सय रुपैयाँ ३५ पैसामा कालोपत्रे गरिएको हो । सो सडक नेपाल पूर्वाधार कन्ट्रक्सन जेभीले कालोपत्रे गरेको हो ।

अमरपथ पूर्ब मुखिया गाउँ– गणित गाउँ – ज्यामिरे चौक हुँदै पश्चिम दोसाखी टोल झापा वजार सडक कालोपत्रे भएको छ । यो गाउँपालिकाको वडा नम्वर ३ मा पर्छ । यो सडक कालोपत्रेका लागि गाउँपालिकाले १ करोड ४९ लाख ६० हजार १ सय ३२ रुपैयाँ .३५ पैसा लगानी गरेको छ । शान्ति खनाल जेभीले सडक कालोपत्रे गरेको बताइन्छ ।

४५ लाख ३८ हजार ४ सय ४३ रुपैयाँ ६५ पैसाको लागतमा वडा नम्वर ३ र ४ को सहिद मार्ग समेत कालोपत्रे भएको छ । यो सडक नेपाल पूर्वधार कन्ट्रक्सनले कालोपत्रे गरेको हो ।

गाउँपालिकाले प्रत्येक वर्ष प्रत्येक वडामा एउटा मात्रै सडक कालोपत्रेका लागि छनौट गर्दै कालोपत्रे गर्दै आएको छ । गाउँपालिका भित्रका सवै सडकलाई कालोपत्रे गरिसक्ने योजना अनुसार गाउँपालिकाले सडक कालोपत्रेको कामलाई अघि बढाएको गाउँपालिका अध्यक्ष साहले बताए ।

यसैबीच पश्चिममा सानो माई र पूर्वमा विरिङ खोलाको कटान र डुवानको चपेटा वर्षाैदेखि झेल्दै आएको झापा गाउँपालिकाले यस वर्ष झोलुङ्गे र पक्की पुल निर्माण कार्यलाई प्राथमिकता दिएको छ । गाउँपालिकाले खोलामा तटवन्धनसंगै पुल निर्माण गर्दै गाउँपालिकावासीलाई आवत जावतमा सहजता प्रदान गरेको हो । अहिले वडा नम्वर २ को झापा – कुवाडी सडक खण्डमा पर्ने सानो माईमा एक करोड बढीको लागतमा झोलुङ्गे पुल निर्माण भइरहेको छ । सिमलवाडी– फूलगाच्छी जोड्ने सडक खण्डको सानो माईमा नै ६० लाख रुपैयाँको लागतमा झोलुङ्गे पुल निर्माण भइरहेको गाउँपालिकाका प्रमुख प्रशनसकीय अधिकृत निरौलाले बताए ।

त्यस्तै कामाटोली – लालमोहर जाने सडक खण्डमा पर्ने पर्ने सानु माई खोलामा पक्की पुल निर्माण भएको छ । ७५ लाख रुपैयाँको लागतमा पुल निर्माण गरिएको हो । वडा नम्वर १ को लसुनगञ्ज सालमारा सडक खण्डको सानो माइमा नै ३ करोड ६० लाख रुपैयाँको लागतमा पक्की पुल निर्माण भइरहेको छ ।

त्यस्तै साविकको कुमरखो, टाघनडुब्बा र शरणामती गाविसलाई समेटेर बनेको झापा गाउँपालिका ९४.१२ वर्ग किलोमिटरमा फैलिएको छ । समुन्द्री सतहबाट ७० देखि १०० मिटरसम्मको उचारइमा रहेको यो गाउँपालिकामा मिश्रित बसोवास पाइनछ । यहाँका नागरिकको मुख्य पेशा कृषि तथा पशुपालन भएको हुँदा विपन्न तथा मध्यम वर्गीय परिवारको संख्या यो गाउँपालिकामा धेरै छ । २०६८ को जनगणना अनुसार ८ हजार २२ घरधुरी रहेको यहाँको कूल जनसंख्या ४१ हजार १ सय ३६ जना हो ।

गाउँपालिकाले सर्बेक्षण गरेर तयार गरेको पाश्र्व चित्रलाई आधार मान्दा वर्षभरि खान पुग्ने परिवार संख्या २ हजार १ सय ७८ छ । एक हजार ५ सय ३० परिवारले मात्रै वर्षभरि खान पुग्ने गरी अन्न उतपादन गर्दै बचेको अन्न बिक्री गर्छन । यो गाउँपालिकामा विपन्नको संख्या धेरै छ । फलस्वरुप गाउँपालिकाले विपन्न परिवारको पहिचान गर्दै विपन्न परिवारलाई घर निर्माण गर्दै आएको छ ।

यो वर्ष १६४ परिवारलाई गाउँपालिकाले घर निर्माण गरेको छ । गाउँपालिकाले सहारा नेपाल र ह्याविट्याटको सहकार्यमा विपन्न परिवारकालागि १६४ वटा घर निर्माण गरेको हो । प्रति घर निर्माणमा एक लाख ५० हजार रुपैयाँ खर्च हुने गरेको बताइन्छ । गत वर्ष गाउँपालिकाले ७६ वटा घर निर्माण गरेको थियो ।

धान,मकै,गहुँ आदि मुख्य वाली रहेको झापा गाउँपालिकाका नागरिकको मुख्य पेशा पनि कृषि नै हो । ७८.२४ प्रतिशत साक्षर रहेको झापा गाउँपालिकाले १५ शैयाको अस्पतालसहित स्वास्थ्य संस्थाको समेत स्तरोन्नति गर्दै लगेको छ । सबै वडामा विदुत सेवा विस्तार, कृषकका लागि गोठ सुधार कार्यक्रम, गोवरग्यास प्लान्ट निर्माणमा अनुदान, कृषकलाई पानी तान्ने मोटर, निःशुल्क बीऊ विजन, मल खरिदमा छुट जस्ता कार्यक्रम गाउँपालिकाले सञ्चालन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here