झापामा कोरोना अस्पताल निर्माण गर्न कांग्रेस झापाको माग

0
900

बिर्तामोड । 

झापामा कोरोना परीक्षण तथा उपचार सेवा प्रवाहका लागि सुविधासम्पन्न कोरोना अस्पताल निर्माणको माग गर्दै नेपाली कांग्रेस झापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ ।

प्रमुख जिल्ला अधिकारी उदयवहादुर राना मगर मार्फत प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेस झापाले बुझाएको १७ बुँदे ज्ञापनपत्रमा झापामा तत्काल सुविधासम्पन्न कोरोना अस्पताल बनाइनु पर्ने माग गरिएको छ ।

झापाका सबै पालिकामा कोरोना संक्रमण देखिएको र प्रदेश सरकारले पनि मेची अञ्चल अस्पतालमा कोरोना विशेष अस्पताल निर्माणका लागि बजेट विनियोजन गरेको भन्दै विनियोजित वजेट तत्काल निकासा गरी कोरोना विशेष अस्पताल निर्माण गरिनुपर्ने, क्वारेन्टिन व्यवस्थापन, राहत, उद्धारका लागि संघीय सरकारबाट स्थानीय गाउँ र नगरपालिकाहरुलाई आर्थिक सहयोग उपलब्ध गराउन माग गरिएको छ ।

ज्ञापनपत्र नेपाली कांग्रेसका प्रवत्ता विश्वप्रकास शर्मा सहित नेपाली कांग्रेस झापाका सभापति उद्धव थापासहितको टोलीले आज जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी मगरलाई बुझाएका थिए । ज्ञापनपत्रमा स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएको भ्रष्टाचार र कमिसन खेलको तत्काल छानवीन गरी दोषीमाथि कारवाही गरिनुपर्ने, विदेशमा अलपत्र परेका , रोजगार गुमाएका नेपालीहरुलाई निःशुल्क रुपमा उद्धार गरी स्वदेश ल्याएर सुरक्षित रुपमा घर पु¥याउनु पर्ने माग गरिएको छ ।

त्यस्तै विद्यार्थीहरुलाई निःशुल्क वैकल्पिक शैक्षिक विधिको व्यवस्थापन गरी सहज रुपमा शैक्षिक वातावरण बनाउनुपर्ने, हाल सञ्चालनमा रहेका क्वारेन्टिनहरुलाई डब्लूएचओले तोकेको मापदण्ड अनुसार स्तारिकण गरी क्वारेन्टिनको संख्या वृद्धि गर्नु पर्ने माग राखिएको छ ।

नेपाली कांग्रेस केन्द्रीय समितिको निर्देशन बमोजिम नेपाली कांग्रेस झापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको हो ।

नेपाली कांग्रेसले देशभरका ७७ वटै जिल्ला समिति तथा विदेशस्थित नियोगहरुमार्फत कोरोना भाइरस संक्रमणका कारण विकराल बन्दै गएको परिस्थितिबारे सरकारको ध्यानाकर्षण गराउँदै अप्रत्यासित रुपमा बढिरहेको संक्रमण रोकथामका लागि प्रभावकारी कार्य गर्न माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएको हो ।

नेपाली कांग्रेसका प्रवक्ता शर्मा, केन्द्रीय सदस्यहरु केशवकुमार बुढाथोकी, सरिता प्रसाईं, भारतेन्दु मल्लिक, सुधिरकुमार शिवाकोटी, नेपाली कांग्रेस झापाका सभापति थापा , कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य, सल्लाहकार सदस्य, भातृ संस्थाका केन्द्रीय सदस्य, केन्द्रीय विभागीय समिति सदस्य, क्षेत्रीय, प्रदेश क्षेत्रीय सभापतिहरु, गाउँ÷नगर सभापतिहरु, भातृ तथा शुभेच्छुक संस्थाका जिल्ला अध्यक्षहरुको सहभागितामा जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी रानामगरलाई ज्ञापनपत्र बुझाएको प्रवक्ता लोकराज ढकालले जानकारी दिए ।

जिल्ला सचिव प्रेम सम्बाहाम्फेले सञ्चालन गर्नुभएको बैठकमा क्षेत्रीय सभापतिहरुले पनि धारणा राख्नुभएको थियो । प्रचार विभाग संयोजक कृष्ण हुमागाईले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here