अबैध सामान बरामद

0
992

बिर्तामोड ।

प्रहरीले झापाको झापा गाउँपालिका – १ स्थित लसुनाबाट २ लाख ५० हजार रुपैयाँको अबैध सामान बरामद गरेको छ । सो क्रममा भारतीय तस्करले सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण गरेका थिए ।

नेपाल प्रहरी र शसस्त्र प्रहरीले अबैध सामान पक्राउ गर्न खोज्दा दुई प्रहरीमाथि भारतबाट आएको ४० जनाको समूहले सोमबार राति आक्रमण गरेको हो ।

सशस्त्र प्रहरीलाई घिसार्दै तस्कर समूहले भारतीय भूमितिर छिराएको अवस्थामा नेपाली नागरिकले प्रहरीलाई बचाएको स्थानीयले बताएका हुन् ।

भारतीय तस्करले एकजना सशस्त्र प्रहरीलाई घिसार्दै भारतीय भूमितर्फ एक सय मिटरभित्र पुर्याइसकेका थिए । सशस्त्र प्रहरीले ‘बचाउ बचाउ’ भन्दै गुहार मागेपछि स्थानीयले उद्दार गरेका हुन् ।

टाघनडुब्बा बिओपीका प्रमुख सचिन प्रधानले नियन्त्रणको प्रयासमा तानातान भएको भनेर फोन आएपछि अफूहरु तत्काल पुगेको र ठूलो दुर्घटना हुन नपाएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here