काठमाडौं,
प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनाल भारतले अतिक्रमण गरेको नेपाली भूमि निरीक्षणका लागि दार्चुलाको छाङरु प्रस्थान गरेका छन।
कालापानी नजिकै स्थापना गरिएको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट र सेनाको अस्थायी बेस निरीक्षणका लागि प्रधानसेनापति थापा र आइजीपी खनाल त्यसतर्फ प्रस्थान गरेका छन् ।
गत वैशाख ३१ गते सरकारले दार्चुलाको छाङरुमा सशस्त्रको बीओपी र जेठ ७ गते घाँटीबगरमा सेनाको अस्थायी बेस स्थापना गरेको थियो।
दुवै युनिट निरीक्षणका लागि प्रधानसेनापति थापा र सशस्त्रका आईजीपी खनाल बुधबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन्। उनीहरु काठमाडौंबाट स्काई ट्रकबाट धनगढीसम्म प्रस्थान गरिसकेका छन्।
उनीहरु धनगढीबाट सेनाकै हेलिकप्टरमार्फत दार्चुलाको छाङरु जान लागेको जनाइएको छ।-थाहाखबरबाट





























