फरक क्षमता भएका परिवारलाई खाद्य सामग्री वितरण

0
688

बिर्तामोड ।

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था चारपाने झापाले विभिन्न संघ संस्थाकोे सहयोगमा शुरु गरेको ‘एकका लागि एक’ अभियानले फरक क्षमता भएका परिवारलाई खाद्य सामग्री वितरण गरेको छ ।

विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणवाट वच्न सरकारले गत चैत ११ गतेदेखि जारी गरेको लकडाउनका कारण भोकभोकै रहनुपर्ने अवस्थामा रहेका विपन्न, गरीव तथा असहाय परिवारलाई सहयोग गर्न ‘एकका लागि एक’ अभियान शुरु गरिएको अभियानका संयोजक सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले बताए ।

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको केन्द्रीय कार्यालय चारपानेमा आयोजित कार्यक्रममा फरक क्षमता तथा अपांगता भएका ३७ परिवारलाई खाद्यान्न वितरण गरिएको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका वरिष्ठ सहायक प्रबन्धक घनश्याम रायले जानकारी दिए ।

अभियानको परिकल्पनाकार तथा मुख्य साझेदार संस्था सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कार्यवाहक अध्यक्ष हरिप्रसाद निरौलाको अध्यक्षता तथा बिर्तामोडका नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका उपनिर्देशक लक्ष्मण खतिवडाले अभियानको औचित्यमाथि प्रकाश पारेका थिए ।

बिर्तामोड र आसपासका नेत्रहीन, श्रवण शक्ति गुमाएका र शारीरिक अपांगता भएका परिवारलाई २५ किलो चामल, २ किलो दाल, २ किलो नुन, १ लिटर खाने तेल, साबुनलगायतका आवश्यक सामग्री वितरण गरिएको ‘एकका लागि एक’ अभियानका सहसंयोजक विनोद बस्नेतले वताए ।

कार्यक्रममा मदनगोपाल सुब्बा, कुमार भट्टराई, कुमारमणि पोखरेल, मिजास पोखरेल, मनोज बुढाथोकी, विकास बस्नेत, दिपेन चौधरीलगायत अभियानका साझेदार संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । ‘एकका लागि एक’ अभियानले २ हजार परिवारलाई खाद्यान्न वितरण गरिसकेको सचिवालय प्रमुख गोपाल भट्टराईले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here