भद्रपुर,
झापाको मेचीनगर नगरपालिकाले नगरभित्रका नदीहरुमा नदीजन्य सामग्री उत्खनन तथा सङ्कलन गर्न रोक लगाएको छ ।
नगरले सार्वजनिक सूचना नै जारी गरेर असार १ गतेदेखि भदौसम्म नदीजन्य सामग्री उत्खनन, सङ्कलन र बिक्रीमा रोक लगाएको हो ।
नेपाल सरकारको नीति अनुसार नगरले सो अवधिमा उत्खनन बन्द गरेको जनाउँदै सूचनालाई बेवास्ता गरी नदीजन्य पदार्थ उत्खनन तथा सङ्कलन गरेको पाइएमा जिल्ला समन्वय समिति झापाबाट स्वीकृत भई कार्यान्वयनमा रहेको नदीजन्य सामग्री उत्खनन अनुगमन कार्यविधि २०७५ मा रहेको व्यवस्था अनुसार कारवाही गरिने जनाएको छ ।






























