बिर्तामोड ।
झापाको बिर्तामोड स्थाई घरभइ हाल अमेरिकामा बस्दै आएका एक नेपालीको निधन भएको छ ।
अमेरिकाको क्यालिफोर्निया राज्यको लसएन्जलस ,आर्टेसिया शहरमा परिवार सहित बसोबास गर्दै आएका ५४ वर्षीय भरतबहादुर राउतको ब्रेन ह्याम्रेजका कारण निधन भएको पारिवारीक स्रोतले जनाएको छ ।
ब्रेन ह्याम्रेजका कारण अचेत अवस्थामा अस्पताल भर्ना गरिएको राउतको मंगलबार राती निधन भएको हाल अमेरिकामा रहेका सुदिप पन्तले जानकारी दिए । परिवारीक स्रोतका अनुसार उनको बिहीवार अन्तेष्टि गरिएको छ ।





























