सुरुङ्गा ।
नेपाल शिक्षक महासंघ कनकाई नगर समितिले कनकाई नगरपालिकाले प्रस्तुत गर्ने आ. व. ०७७÷०७८ को आगामी बजेटमा शिक्षा तर्फ छुट्टाउने बजेटमा संघीय सरकारले शिक्षामा छुट्टाएको बजेटको प्रतिशतमा नघट्ने गरी बजेट विनियोजन गर्न माग गरेको छ ।
बालशिक्षक र कर्मचारीलाई राज्यले तोकेको न्युनतम पारश्रमिक उपलब्ध गराउनु पर्ने, सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीहरुलाई निःशुल्क अध्ययनको व्यवस्था गर्नुपर्ने, शिक्षक तथा कर्मचारीहरुलाई क्रमशः आई.सि.टि. तालिम सञ्चालन गर्नुपर्ने, विद्यालय शिक्षक र नगरसँगको साझेदारीमा ल्यापटपको उपलब्ध गराइनुपर्ने, विद्यालयको आवश्यकता र योजना अनुरुप गुणस्तरीय शिक्षाका लागि प्रा.वि लाई न्युनतम रु पाँच लाख ,आधारभुत विद्यालयका लागि न्युनतम रु सात लाख ,मा. वि.का लागि न्युनतम रु एघार लाख बजेट व्यवस्थापन गर्न माग गरिएको छ ।
महासंघले कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेल माग पत्र पेश गर्दै उक्त माग राखेको होे । नेपाल शिक्षक महासंघ कनकाई नगर अध्यक्ष शारदा पाठक र सचिव निर्मलकुमार खनालले संयुक्त रुपमा माग पत्र पेश गरेका थिए ।
सो अवसरमा नगर प्रमुख पोखरेलले बजेटको परिधि भित्र रही सकेसम्म माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।





























