फाल्गुनन्दका दुई स्थानमा योगाभ्यास शुरु

0
681

युद्धबहादुर बोहोरा / पाँचथर,

जिल्लाको फाल्गुनन्द गाउँपालिकाका दुई स्थानका आयुर्वेदिक औषद्यालयमा विहिवार देखि नियमित योगाभ्यास शुरु गरिएको छ ।

“योग गरांै,स्वास्थ रहौं” नाराका साथमा शारिरीक र मानसिक समस्या न्यूनीकरण गर्दै रोगप्रतिरोधात्मक क्षमतामा वृद्धि गर्ने उदेश्यले सामाजिक दुरी कायम राखी वडा नं–५ को फाक्तेप आयुर्वेदिक औषद्यालय तथा वडा नं–७ को पिपलबोटे आयुर्वेदिक औषद्यालयको आयोजनामा उक्त कार्यक्रम सञ्चालन गरिएको गाँउपालिका आयुर्वेदिक शाखा संयोजक वरिष्ठ कविराज निरीक्षक राजु पराजुलीले जानकारी दिए ।

विभिन्न ठाँउहरुमा योगआसनको माध्यमबाट हजारौं मानिसले स्वास्थ्य लाभ गरिरह्ेको अवस्थामा हालको कोरोना महामारीका समयमा कवारेन्टाइनमा राखिएका मानिसहरु योगाभ्यास मार्फत तनाव मुक्त भएको अवस्थालाई मध्यनजर गर्दै यस पालिकामा पनि आरम्भ गरिएको उनको भनाई छ ।

फाक्तेप आयुर्वेदिक औषद्यालयको पुरानो भवनमा पर्याप्त ठाँउको अभाव साथै नयाँ भवन निर्माणाधिन अवश्थामा रहेकोले घुर्विसे पञ्चमी स्थित शान्ति बालविकाश इङ्लिस स्कूलको योगहल अस्थायी प्रयोगका लागि विद्यालय सञ्चालक देउमान आङ्देम्वेले उपलब्ध गराएको उनले बताए ।

आयुर्वेदिक स्वास्थ्य शाखाको नियमित स्वास्थ्य जिवन कार्यक्रम अन्तर्गत पायक पर्ने स्थानीय करीब ६० जना महिला र पुरुषको सहभागिता रहेको उक्त उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गाँउपालिका उपाध्यक्ष देवित्रा कुमारी आङ्देम्वेले हल उपलब्ध गराएकोमा विद्यालयलाई धन्यवाद दिंद योगाभ्यास गर्न निरन्तर जुट्न सहभागीहरुलाई उत्साहित गराएकी थिइन् ।

प्रशिक्षणमा शाखा संयोजक पराजुली,वैध राजकुमार श्रेष्ठ,भुवन पराजुली,राम कृपाल यादव र प्रमोद कुमार यादवद्धारा बिहान एक घण्टा दैनिक प्रशिक्षण गराइने बताइएको छ ।

संस्थाको भवन निर्माण सम्पन्न पछि यहाँबाट थेरापी,मेडिटेशन,व्यावसायिक जडिबुट्टी खेती,यसको प्रयोग साथै यो संग सम्बन्धि विविध तालिमहरु सञ्चालन गरिने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here