किसानलाई सुपारी उत्पादन तथा प्रशोधन प्रविधि तालिम

0
1171

बिर्तामोड ।

झापाको अर्जुनधारा नगरपालिका, बुद्धशान्ति गाउँपालिका र मेची नगरपालिकामा सुपारीजोन कार्यक्रम संचालनमा रहेकाले सुपारीखेती ब्यवसायसँग सम्बन्धित तालिम सम्पन्न चएको छ ।

बुद्धशान्ति–३ बुधबारेमा रहेको झापा उद्योग बाणिज्य संघ शाखा बुधबारेको सभाहलमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई भद्रपुर झापाको आयोजना तथा “सुपारी जोन संचालक समिति”को सहभागितामा तीन दिने “ब्यवसायिक सुपारी उत्पादन तथा प्रशोधन प्रविधि” बिषयक तालिम सम्पन्न भएको छ ।

बुद्धशान्ति गाउँपालिका अन्तर्गतका बिभिन्न सुपारी सहकारीमा सम्लग्न २४ जना सुपारी उत्पादक कृषकहरु सहभागी रहेका थिए । उक्त तालिम कार्यक्रमलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना झापा प्रमुख रबिन्द्र सुबेदीले एक कार्यक्रम बीच उद्घाटन गरेका थिए । कार्यक्रममा प्रशिक्षक कृष्णप्रसाद ढकाल र ध्रुब रेग्मीले सुपारी खेती र यससँग सम्बन्धित मलखाद, नर्सरी, रोपण, रोगकिरा, उपचार, अन्तरबाली र प्रशोधन सम्बन्धी बिषयहरुमा सहजीकरण गरेका थिए ।

कार्यक्रममा सुपारी जोन संचालक समिति संयोजक शेखरनाथ अधिकारी, वरिष्ठ कृषि अधिकृत रबिन्द्र सुबेदी,उद्योग बाणिज्य संघ बुद्धशान्तिका अध्यक्ष तथा सुपारी जोन संचालक समिति उपाध्यक्ष रुद्र चापागाईं, सुपारी जोन संचालक समिति सचिव टिका पाठक र सदस्य बुद्धिमता बरालको उपस्थिति रहेको उक्त कर्यक्रमको परियोजना कार्यान्वयन इकाई कार्यालयकी प्राविधिक कर्मचारी अनन्तकुमारी अधिकारीले संचालन गरेकी थिइन् ।

समापन कार्यक्रममा सहभागिका तर्पmबाट हेमन्ता खतिवडा र गजाधर पौड्यालले तालिम प्रशिक्षण कार्यक्रममा धेरै ज्ञान प्राप्त गर्नसकिएको भन्दै पशंसा गरेका थिए । परिस्थिति अप्ठ्यारो भएपनि सबैको सहयोगबाट तालिमलाई सहज समापन गर्न सफल भएकोमा प्रशिक्षक सहित सहभागी सम्पृर्णलाई धन्यवाद ज्ञापन गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here