दुई विधेयक स्वीकृत

0
632

काठमाडौँ, 

राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुई विधेयक स्वीकृत भएको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गर्नुभएको ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७७ माथि विचार गरियोस्’ र ‘ऋण तथा जमानत (चौबीसौँ संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत गरिएको हो ।

नेपाली कांग्रेसका जीतेन्द्रनारायण देवले विधेयकको सैद्धान्तिक छलफलमा भाग लिनुभएको थियो । छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री डा खतिवडाले उत्पादन बढाउँदै लैजाने र आन्तरिक ऋणलाई व्यवस्थापन गर्ने योजना रहेको बताउनुभयो ।

राष्ट्रियसभाको अर्को बैठक यही असार ८ गते अपराह्न १ बजे बस्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here