भरुवा बन्दुक सहित एक ब्यक्ति पक्राउ

0
509

तेह्रथुम ।

तेह्रथुमको लालिगुराँस नगरपालिका–७ बाट १ थान भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा २२ बर्षीय लालबाहदुर तामाङ रहेको प्रहरीले जनाएको छ । आफ्नै घरमा अबैध रुपमा भरुवा बन्दुक लुकाईछिपाई राखेको भन्ने सूचनाका आधारमा आज बिहान प्रहरी चौकी लसुनेबाट खटिएको प्रहरी टोलीले एक थान भरुवा बन्दुक सहित तामाङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तामाङको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here