आकस्मिक बाहेक सबै सेवा बन्द

0
573

पर्वत,

पर्वत अस्पतालका आकस्मिक बाहेक सबै सेवा बन्द भएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा पाँच स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालले शुक्रबारदेखि सेवा बन्द भएको जनाएको छ ।

कोरोना अस्पतालमा कार्यरत सातजनाको नमूना परीक्षण गरिएकामा पाँचजनामा सङ्क्रमण पुष्टि भएको बताइएको छ । यसअघि भारतबाट आएर क्वारेन्टिनमा बसेका ३८ जनामा कोरानो सङ्क्रमण पुष्टि भएको थियो ।

तीमध्ये आठजना बिहीवार निको भएर घर फर्किएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here