विद्यार्थीका हातमा पाठ्य पुस्तक

0
908

बाजुरा,

लकडाउनका कारण विद्यालयको पठन पाठन बन्द भएपनि यहाँको गौमुल गाउँपालिकाले अन्य शैक्षिक कार्यक्रमलाई निरन्तरता दिएको छ । विकासनिर्माण, भर्नादेखि विद्यार्थीको घरमै पाठ्यपुस्तक वितरणका काम सञ्चालन भइरहेको गाउँपालिकाका उपाध्यक्ष सीता थापाले बताउनुभयो ।

केही स्थानीय तहले माध्यमिक तहसम्मको परीक्षासमेत लिन बाँकी छ । आन्तरिक स्वमूल्याङ्कनबाट उत्र्तिण गर्ने तयारी गरिरहेको बेला गौमुल गाउँपालिकाले नियमित पठन पाठन बाहेक अन्य काम गरिरहेको शिक्षा शाखाका कर्मचारी रामनाथ योगीले बताउनुभयो ।

स्वयमसेवक खटाएर पुस्तक वितरणदेखि, विद्यालय प्रधानाध्यापकसँगको सहजीकरणमा भर्ना गर्ने काम गाउँपालिकाले गरिसकेको अध्यक्ष हरिबहादुर रोकायाले बताउनुभयो ।

किर्तिचौर र थला मावि बाहेकका २० विद्यालयमा तत्काल पढाई शुरु गर्न सकिने अवस्था छ । दुईवटामा क्वारेन्टिन बनाइएको छ । शिक्षा शाखाका सबै कर्मचारी नियमित काममा खटिएको र स्थानीय शिक्षक तथा प्रअहरुलाई नियमित सम्पर्कमा राखेर भर्ना तथा पुस्तक वितरण कार्य गाउँपालिकाले गरेको हो । शैक्षिक अवस्था खलबलिन नदिन गाउँपालिका सचेत रहेको प्रमुख प्रशासकीय अधिकृत जगदिशप्रसाद भट्टले बताउनुभयो ।

वैशाख पहिलो साता नै पाठ्यपुस्तक खरिद गर्न स्थानीय तहलाई जानकारी गराएपनि धेरैले अझै प्रक्रिया अगाडि बढाउन नसकेको जिल्ला शिक्षा विकास समन्वय एकाइ प्रमुख गोपालदत्त जोशीले जानकारी दिनुभयो । खप्तड छेडेदह गाउँपालिकाले केही दिन देखि पाठ्यपुस्तक बितरण गर्न थालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here