पुनः स्वाब सङ्कलन

0
553

लहान,

कोरोना परीक्षणका लागि सिरहा नगरपालिका र अर्नामा गाउँपालिकाको क्वारेन्टिनबाट सङ्कलन गरिएका २४९ जनाको स्वाबको नमूना योग्य नरहेको भन्दै फिर्ता आएको छ ।

दुबै स्थानीय तहको क्वारेन्टिनमा बसेका ती स्वाब गत जेठ १७, १८ र १९ गतेमा सङ्कलन गरी परीक्षणका लागि जनकपुरस्थित प्रादेशिक प्रयोगशालाबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँ पठाइएको थियो ।

ती सबै स्वाबका लेबिङ्ग नभएकाले परीक्षण गर्न नसकिने भन्दै टेकुबाट फिर्ता आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख विष्णुदेव यादवले जानकारी दिनुभयो । ती दुई स्थानीय तहमा पुनः स्वाब सङ्कलन गर्न थालिएको उहाँले बताउनुभयो ।

“टेकुबाट अयोग्य भएको जानकारी प्राप्त भए लगत्तैबाट पुनः स्वाब सङ्कलन शुरु गरेका छौं”, उहाँले भन्नुभयो, “हिजो सिरहाको क्वारेन्टिनमा रहेका २०४ जनाको स्वाब सङ्कलन गरियाँै, शुक्रबार बाँकीहरुको स्वाब सङ्कलन छौँ ।” ती सबैको स्वाब सङ्कलन भएपछि परीक्षणका लागि पठाइने उहाँकोे भनाइ छ ।

सिरहामा दुई हजार ३८६ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएकामा हालसम्म ७१ जना पोजेटिभ र एक हजार ६१४ जनाको निगेटिभ गरी कूल एक हजार ६८५ जनाको परीक्षण रिपोर्ट सर्वजनिक भएको छ । बाँकी ४५२ जनाको रिपोर्ट अझै पनि नआएकाले क्वारेन्टिनमा २१ दिनसम्म बसेकाहरुलाई आरडिटी जाँच गरी घर पठाइएको उहाँले बताउनुभयो ।

सिरहामा दुई हजार चारजनाको अरडिटी किटबाट परीक्षण गर्दा एक हजार ८९८ जनाको रिपोर्ट निगेटिभ र १०६ जनामा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । यहाँका विभिन्न क्वारेन्टिनमा एक हजार २२८ रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here