इलाममा झुण्डीएको अवस्थामा देवर भाउजु मृत फेला

0
1150

इलाम ।

इलामको माङसेबुङ गाँउपालिका–६ मा दुई जना झुण्डीएको अवस्थामा मृत फेला परेका छन् ।

मृत फेला पर्नेमा माङसेबुङ–६ मावाटोल बस्ने २७ बर्षीय बिशाल राई र उनकै भाउजु २६ बर्षीया गिता राई रहेका छन ।

हिजो बिहान कसैलार्इ नसोधि घरबाट हिँडेका देवर भाउजु बेलुकासम्म घर नफर्र्कीपछि आफन्तले खोजी गर्ने क्रममा आज बिहान साढे ११ बजे घर देखी करिव सात सय मिटर टाढा दारजातको रुखको एउटै हांगामा प्लाष्टिकको डोरीको पासो लगाइ झुण्डीएको अवस्थामा दुबै जनालाई फेला पारिएको प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको इलाम प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here