झापामा पीसीआर प्रयोगशालाका लागि जनस्तरवाट ८० लाख

0
1277

तुलसीप्रसाद निरौला / विर्तामोड।

‘एकका लागि एक’ अभियानको अगुवाईमा झापामा कोरोना भाइरसको संक्रमण परीक्षण गर्न जनस्तरवाट पीसीआर प्रयोगशाला स्थापनाका लागि सहयोग रकम जुट्नेक्रम वढेको छ ।

झापाको सहारा नेपालसहित २५ वटा विभिन्न सामाजिक संघसंस्थाको सहभागितामा सुरु गरिएको ‘एकका लागि एक’ अभियानका साझेदार संस्थाको विर्तामोडमा भएको वैठकले झापामा कोरोना भाइरसको संक्रमण परीक्षण गर्न जनस्तरवाट पीसीआर प्रयोगशाला स्थापना गर्ने निर्णय गरेसंगै सहयोग रकम जुट्नेक्रम समेत वढेको हो ।

पछिल्लो समय झापामा कोरोना भाइरस संक्रमितहरुको संख्या बढेसंगै कोरोना भाइरस परीक्षणको दायरा बढाउन ‘एकका लागि एक’ अभियानले झापामा जनस्तरवाट पीसीआर प्रयोगशाला स्थापना गर्ने निर्णय गरेसंगै ‘एकका लागि एक’ अभियानमार्फत विभिन्न सामाजिक संघसंस्थाले सहयोग रकम प्रदान गर्ने घोषणा गरेको ‘एकका लागि एक’ अभियान सचिवालयका प्रमुख गोपाल भट्टराईले बताए ।

पीसीआर प्रयोगशाला स्थापनाका लागि झापाका सहकारी संघ संस्थाको अभियानको तर्फबाट २५ लाख रुपैयाँ , अन्तर्राष्ट्रिय झापाली समाजको तर्फवाट २५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता आइसकेको वताउँदै उनले ‘एकका लागि एक’ अभियानमार्फत विभिन्न सामाजिक संघसंस्थाले ३० लाख रुपैयाँ सहयोग गरेको जानकारी दिए ।

झापामा पीसीआर प्रयोगशाला स्थापना गर्न करिब एक करोड १५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको वताउँदै उनले त्यसका लागि ८० लाख रुपैयाँ सहयोग र प्रतिवद्धता आएको जानकारी दिए ।

झापामा कोरोना भाइरस संक्रमितहरुको संख्या बढेसंगै कोरोना भाइरस परीक्षणको दायरा बढाउन नेपाल सरकार,प्रदेश सरकार र झापाका १५ वटै पालिकाहरुको सहयोग र समन्वयमा झापामा पीसीआर प्रयोगशाला स्थापना गर्न ‘एकका लागि एक’ अभियानले द्रुत गतिमा कार्य अघि वढाइएको ‘एकका लागि एक’ अभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए ।

उनले पीसीआर प्रयोगशाला स्थापनाका लागी झापाको विर्तामोड , अर्जुनधारा र कनकाई नगरपालिकामा जग्गा र भवनको खोजी कार्य गरिरहेको , प्रदेश सरकारसंग दर्ता, स्वीकृति र मान्यता दिनका लागि छलफल र पहल भइरहेको र झापाका १५ वटै पालिकाहरुसंग पीसीआर प्रयोगशाला सञ्चालन गर्ने खर्च , कोरोना परिक्षण प्रयोगशालालाई भविष्यमा जनस्वास्थ्य प्रयोगशाला बनाउन समन्वय गर्न छलफल भइरहेको उनले वताए ।

कोरोना भाइरसको पीसीआर परीक्षणका लागि प्रदेश १ मा तीनवटा प्रयोगशाला भएपनि कोरोना भाइरस संक्रमितहरुको संख्या बढेसंगै प्रत्येक प्रयोगशालाले सवैभन्दा वढी कोरोना संक्रमितको पीसीआर परीक्षण गर्न नसक्ने भएकाले झापामा पीसीआर प्रयोगशाला स्थापना गर्न ‘एकका लागि एक’ अभियान लागी परेको उनले वताए ।

झापामा कोरोना भाइरसको संक्रमण परीक्षण गर्न जनस्तरवाट पीसीआर प्रयोगशाला स्थापनामा सहयोग गर्न सवैलाई आग्रह गरिएको ‘एकका लागि एक’ अभियानका सहसंयोजक बिनोद बस्नेतले बताए । देशविदेशबाट ‘एकका लागि एक’ अभियानलाई सहयोग प्राप्त भइरहे पनि पीसीआर प्रयोगशालाका लागि थप सहयोग आवश्यक भएकोले ‘एकका लागि एक’ अभियानले संघ–संस्था र व्यक्तिलाई सहयोगको अपिल गरेको सहसंयोजक बिनोद बस्नेतले बताए ।

प्रदेश १मा जनस्वास्थ्य परिक्षण प्रयोगशाला विराटनगर , विराटनगरको कोसी अस्पताल, धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिले कोरोना भाइरसको पीसीआर परीक्षणका भइरहेको उनले वताए ।

‘एकका लागि एक’, अभियानले पहिलो चरणमा झन्डै दुई हजार विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको, विभिन्न क्वारेन्टिनमा आश्रय लिएर बसेका तथा झापाका चोक बजारमा भोकै बस्न बाध्य १० हजार मजदुरलाई तयारी खाना खुवाएको अभियानका साझेदार संस्था वीरता जेसीजका अध्यक्ष मिजाश पोखरेलले बताए ।

त्यस्तै ‘एकका लागि एक’, अभियानले एक हजार ५० थान भाइरल ट्रान्सपोर्ट मिडियम (भीटीएम) किट कोरोना भाइरस रोकथाम तथा नियन्त्रण, उपचार समन्वय तथा अनुगमन समिति झापालाई उपलब्ध गराइएको ‘एकका लागि एक’ अभियानका साझेदार संस्था वीरता जेसीजका अध्यक्ष तथा भीटीएम किट खरिद तथा हस्तान्तरण कार्यक्रमका संयोजक पोखरेलले बताए ।

‘एकका लागि एक’ अभियानको कोषमा हालसम्म ७० लाख रुपैयाँ जम्मा भइसकेको सचिवालयका प्रमुख गोपाल भट्टराईले बताए । हालसम्म क्वारेन्टीन व्यवस्थापन, खाद्यान्न र स्वास्थ्य सामाग्री खरिदमा ४० लाख रुपैयाँ खर्च भएर ३० लाख रुपैयाँ वचत भएको उनले वताए ।

‘एकका लागि एक’ अभियानलाई देश तथा विदेशमा रहेका ६५ वटा सामाजिक संघसंस्था र सात सय जना भन्दा वढी व्यक्तिले आर्थिक सहयोग गरेको उनले बताए । ‘एकका लागि एक’ अभियान संवाद समूह झापाको संयोजन र सहजीकरणमा सञ्चालन भइरहेको वताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here