आज विश्व शरणार्थी दिवस

0
1836

काठमाण्डौ,

आज विश्व शरणार्थी दिवस । यसवर्ष कोभिड १९ को महामारी र लकडाउनकबीच दिवस मनाईंदैछ । भेला तथा सभा सम्मेलनबिना नै एकअर्काको आपसी ऐक्वद्धता र सद्भावका साथ दिवस मनाउन लागिएको हो ।

विश्वभरी विस्थापित बढेको र सामाजिक परिवर्तनमा नाटकीय ढंगले परिवर्तन आइरहेको शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चआयोग यूएनएचसीआरले जनाएको छ ।

यूएनएचसीआर सहितका संघसंस्थाले विस्थापित र राज्यबिहीन नागरिकको पक्षमा आवाज उठाउँदै आएका छन् । शरणार्थी सम्बन्धी घोषणापत्र १९५१ जारी भएको ५० वर्ष पुगेको सन्दर्भमा ४ डिसेम्बर २००० मा संयुक्त राष्ट्रसंघको साधारणसभाले शरणार्थी दिवस मनाउने निर्णय गरेको थियो ।

अहिलेसम्म नेपालले शरणार्थी सम्बन्धी राष्ट्रसंघीय अभिसन्धीमा हस्ताक्षर पनि गरेको छैन र शरणार्थीलाई सम्बोधन गर्ने राष्ट्रिय कानुनसमेत बनाउन सकेको छैन ।

तर नेपालले तिब्बती र भुटानी शरणार्थीलाई बास दिएर व्यवस्थापनमा सहयोग गरेको छ । अहिले पनि नेपालमा २० हजारको हाराहारीमा तिब्बती शरणार्थी सहित सोमालिया, बंगलादेश, नाईजेरिया लगायतका देशका शरणार्थी छन् ।-उज्यालो अनलाइनबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here