टोल विकास समितिमा अध्यक्षदेखि सदस्यसम्म सबै महिला

0
1552

विर्तामोड ।

महिलाले अवसर पाए हरेक क्षेत्रमा उत्कृष्ट कार्य गर्छन् भन्ने उद्धेश्यका साथ झापा विर्तामोड –५ को एउटा टोल विकास समितिको नेतृत्व महिलालाई मात्र दिइएको छ ।

विर्तामोड –५ मा गठन गरिएको कोहेड टोल विकास समितिको नेतृत्व महिलालाई मात्र दिइएको हो । उक्त टोल विकास समितिमा अध्यक्षदेखि सदस्यसम्म सवै महिला मात्र रहेका छन् ।

टोल विकास समिति गठन गर्न शनिवार आयोजना गरिएको कार्यक्रममा पुरुषको भन्दा महिलाको संख्या कम भएपनि महिलाले नेतृत्व गरेको संस्था पारदर्शी, जवाफदेही र प्रगति गर्ने भएको भन्दै महिलाको नेतृत्वमा कोहेड टोल विकास समितिको गठन गरिएको हो ।

टोल विकास समिति गठन गर्न शनिवार आयोजना गरिएको भेलाले पार्वता खरेल विमलीको अध्यक्षतामा कोहेड टोल विकास समिति गठन गरेको छ ।

नवगठित समितिको उपाध्यक्ष गंगा लिङ्देन , सचिव उमा तिम्सिना मिश्र , सहसचिव होमा भट्टराई , कोषाध्यक्ष शान्ता भट्टराई विष्ट रहेका छन् । त्यस्तै सदस्यहरुमा निर्मला ओडारी , अम्विका कुँवर , मधु मित्तल, अञ्जु वंशल, सुमित्रा भट्टराई, मिना थापा, प्रमिला खतिवडा ,मेलिना कुँवर रहेका छन् ।

ज्येष्ठ नागरिक नन्दमणी विमलीको अध्यक्षता तथा विर्तामोड –५ कि कार्यपालिका सदस्य भावना घिमिरेको प्रमुख आतिथ्यमा भएको कार्यक्रम भएको थियो ।

कार्यक्रममा नेपाल अलैंची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष निर्मल भट्टराई, चेम्वर अफ कमर्श झापाका अध्यक्ष ओमकृष्ण विमली , कोहेड कलेजका केशव प्रसाईं, लायन्स क्लव अफ विर्तामोड लेडीकी अध्यक्ष उर्मिला विमली खरेल , वद्री रिजाल , मेगेन्द्र लिङ्देन,अग्रसेन भवनका पूर्व अध्यक्ष मोहन मित्तल लगायतले शुभकामना दिएका थिए ।

उनीहरुले महिलालाई चुलाचौकामा मात्र सीमित नराखी हरेक क्षेत्रमा अवसर दिनुपर्ने बताउँदै महिलाले नेतृत्व गरेको संस्था पारदर्शी, जवाफदेही र प्रगति गर्ने भएकाले हरेक क्षेत्रको नेतृत्व गर्ने अवसर महिलालाई दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा कोहेड टोल विकास समितिकी अध्यक्ष पार्वता खरेल विमलीले आफ्नो टोललाई विर्तामोड नगरपालिकाकै नमूना टोल वनाउने प्रतिवद्धता व्यक्त गरिन् । नवगठित कोहेड टोल विकास समितिमा ८० घरधुरी आवद्ध रहेका छन् । कार्यक्रमको सञ्चालन धर्म ओडारीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here