नवजात शिशुको उद्धार

0
990

प्युठान,

स्वर्गद्वारी नगरपालिकाले एक नवजात शिशुको उद्धार गरेको छ । जन्मँदा नै यौनाङ्ग र मलद्वार अपूर्ण अवस्थामा रहेकाले उपचारका लागि नगरपालिकाले शिशुको उद्धार गरी कोहलपुर शिक्षण अस्पताल नेपालगञ्ज पठाएको छ ।

स्वर्गद्वारी–६ तिमिलेकी २२ वर्षीया बनिका पुन मगर शुक्रबार राति शहरी स्वास्थ्य केन्द्रको सहयोगमा घरमै सुत्केरी हुनुभएको थियो ।

अपूर्ण यौनाङ्ग र मलद्वारको शल्यक्रिया गर्नुपर्ने अवस्थामा परिवारको आर्थिक स्थिति कमजोर भएकाले घरमै राखिएको थियो । शिशुको आज उद्धार गरी नेपालगञ्ज पठाइएको भिङ्ग्री प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा राजेन्द्र पौडेलले जानकारी दिनुभयो ।

आमा र शिशुलाई नगरपालिकाले एम्बुलेन्स व्यवस्थापन गरी पठाएको छ । कोहलपुर शिक्षण अस्पतालका बालरोग विशेषज्ञ डा पियूष कनोडियाको सम्पर्कमा सुत्केरी र शिशुलाई पठाइएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले जानकारी दिनुभयो ।

गर्भवती अवस्थामा हुने महिलाको चालचलन, प्रतिबन्धित औषधिको सेवन, खानपिनलगायत कारणले यस्ता फरक शिशुको जन्म(बर्थ डिफेक्ट) हुन सक्ने उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here