लागुऔषध सहित दुई भारतिय नागरिक पक्राउ

0
507

सुनसरी।

सुनसरीको कोशी गाउपालिका–७ हरिपुर स्थित भित्रीसड्क खण्डबाट दुई भारतिय नागरिक लागुऔषध सहित पक्राउ परेका छन ।

पक्राउ पर्नेमा भारत सुपौल ग्राम पंचायत–१ का २० बर्षीय लक्ष्मणकुमार पासवान र सोहि स्थानका १९ बर्षीय अर्जुनकुमार पासवान रहेका छन । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट गस्तीमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुको शरिर खानतलासी गर्दा कालो प्लाष्टिक भित्र लुकाई छिपाई राखेको अवस्थामा ८ ग्राम ५८० मिलिग्राम लागुऔषध ब्राउनसुगर, भारतिय रुपैँया १२५०, र भारतका विभिन्न बैंकका एटीएम कार्ड समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here