राष्ट्रिय चिया नीति परिमार्जन गरेर लागू गर्ने प्रतिवद्धता

0
1545

तुलसीप्रसाद निरौला/ बिर्तामोड ।

राष्ट्रिय चिया तथा कफि विकास वोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले राष्ट्रिय चिया नीति परिमार्जन गरेर लागू गर्ने प्रतिवद्धता जनाएका छन् ।

राष्ट्रिय चिया तथा कफि विकास वोर्ड क्षेत्रिय कार्यालय बिर्तामोडको आयोजनामा चिया क्षेत्र बचाउ अभियान कार्यदल अभियानले साना चिया किसान, चिया श्रमिक नेता, चिया उद्योगीसंग गरेको अन्र्तक्रिया कार्यक्रममा कार्यकारी निर्देशक डा. भट्टराईले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

राष्ट्रिय चिया नीतिले साना चिया किसान, चिया श्रमिक चिया व्यवसायी तथा उद्यमी मर्कामा परेको बताउँदै कार्यकारी निर्देशक डा. भट्टराईले साना चिया किसान, चिया श्रमिक चिया व्यवसायी तथा उद्यमीको हितमा राष्ट्रिय चिया नीति परिमार्जन गरेर लागू गरिने जानकारी दिए ।

२०५७ सालमा आएको राष्ट्रिय चिया नीतिमा छोटो समयमै चियालाई अन्र्तराष्ट्रिय मापदण्डमा पु¥याउने लगायतका बुँदाहरू समेटिए पनि त्यसले साना चिया किसान, चिया श्रमिक , चिया व्यवसायी तथा उद्यमीको हितमा काम नगरेकाले राष्ट्रिय चिया नीतिमा परिमार्जन गरिने वताए ।

राष्ट्रिय चिया नीतिमा राम्रा विषयवस्तु समेटिए पनि कार्यान्वयन हुन नसक्दा चिया क्षेत्र नाजुक स्थितिमा पुगेको , साना चिया किसानहरुले हरियो पत्तीको मेहनत अनुसारको मुल्य पाउन नसकेको , चिया श्रमिकको अवस्था नाजुक बन्दै गएकाले राष्ट्रिय चिया नीति परिमार्जन गरेर लागू गर्नुको विकल्प नभएको उनले वताए ।

काठमाडौमा वसेर चियाको विकास सम्भव नहुने बताउँदै कार्यकारी निर्देशक डा. भट्टराईले चिया क्षेत्रको विकासका लागि कार्यक्षेत्रमा गएर समस्याको पहिचान गरेर समाधान गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय चिया नीतिमा चिया नीतिका बारेमा सरकारले कहिलै पनि चासो नदिएकाले चिया उद्यमीसमेत पलायन हुनुपर्ने स्थिती आएको बताउँदै उनले सरकारले चिया क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्नेमा जोड दिए ।

चिया लोड भएका १४ वटा भारतीय नम्बर प्लेटका मालवहाक ट्रक भारतको पश्चिम बंगाल राज्यको रानीगञ्ज नाकाबाट निर्यात हुन नसक्दा केहीदिनयतादेखि मेची भन्सार कार्यालय काँकरभिट्टा परिसरमा थन्केर बसेको र भारततर्फको अवरोध हटाउन आफूले पहल गरिरहेको उनले वताए ।

आफू चिया तथा कफिको क्षेत्रमा भएका समस्या समाधान गर्न राष्ट्रिय चिया तथा कफि विकास वोर्डको कार्यकारी निर्देशक भएको बताउँदै उनले आफ्नो क्षमताले भ्याएसम्म राष्ट्रिय चिया तथा कफि विकास वोर्डमा राजनीति हावी हुन नदिने प्रतिवद्धता जनाए ।

कार्यक्रममा राष्ट्रिय चिया तथा कफि विकास वोर्डको सदस्यमा नियुक्त भएका हर्क तामाङलाई स्वागत तथा सम्मान गरिएको थियो । कार्यक्रममा वोर्डका सदस्य हर्क तामाङले साना चिया किसान, चिया श्रमिक , चिया उद्योगी लगायतका समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं. १ का अध्यक्ष अग्नि पाण्डेले चिया तथा कफिको क्षेत्रमा भएका समस्या समाधान गर्न वोर्डका कार्यकारी निर्देशक डा. भट्टराईलाई आग्रह गरेका थिए ।

कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश नं. १ इञ्चार्ज भूपाल सापकोटा, अखिल नेपाल चिया मजदुर संघ केन्द्रीय अध्यक्ष सीता सापकोटा सन्ध्या, नेपाल चिया बगान श्रमिक संघ केन्द्रीय अध्यक्ष दीपक तामाङ, नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ केन्द्रीय उपाध्यक्ष सहीकुमार राईले चिया श्रमिकका समस्या तत्काल समाधान गर्नुपर्ने , सामाजिक सुरक्षा ऐनमा सुचीकृत हुनुपर्ने लगायतका माग राखेका थिए ।

कार्यक्रममा चिया क्षेत्र बचाउ अभियान कार्यदल अभियानका संयोजक आदित्य पराजुली , चिया क्षेत्र बचाउ अभियान कार्यदल अभियानका सदस्य तथा साना किसान झापाली चिया व्यवसायी संघका अध्यक्ष पूर्णकुमार कार्की , चिया क्षेत्र बचाउ अभियान कार्यदल अभियानका सदस्य तथा वद्र्धुभ्याली चिया उद्योगका सञ्चालक बुद्ध तामाङले चिया उद्योगीका समस्या , वजारीकरण लगायतका समस्याका वारेमा धारणा राखेका थिए ।

त्यस्तै शुभ चिया किसान सहकारी संस्था बाहुनडाँगीका ब्यवस्थापक सचिन निरौला, पाराखोपी साना किसान चिया सहकारी संस्था हल्दिवारीका सचिव पर्वत डाँगीलगायतले चिया मजदुर, ढुवानी, बजार, मल, साना किसानका समस्याका विषयमा जानकारी गराएका थिए ।

राष्ट्रिय चिया तथा कफि विकास वोर्ड क्षेत्रिय कार्यालय बिर्तामोडका निर्देशक राम एकवाल यादवले सहजीकरण गरेको कार्यक्रमको सञ्चालन राष्ट्रिय चिया तथा कफि विकास वोर्ड क्षेत्रिय कार्यालय बिर्तामोडका प्रशासन सहायक मिनबहादुर अगुवाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here