मेचीनगरमा कोरोना संक्रमितको संख्या ५ पुग्यो

0
489

काँकरभिट्टा,

झापाको मेचीनगरमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ । आइतबार नगरका विभिन्न क्वारेण्टिनमा बसेका थप २ जनामा कोरोना संक्रमण फेला परेको छ । यसअघि भारतलगायत अन्य मुलुकबाट आएका तीननजनामा कोरो संक्रमण फेला परेको थियो ।

समाचार स्रोतका अनुसार मेचीनगर–६ र ५ नम्बर वडाका दुई जना पुरुषमा कोरोना संक्रमण फेला परेको हो । उनीहरु दुवै जना भारतबाट आएको बुझिएको छ ।

मेचीनगर–६ का ३३ वर्षीय पुरुष भारतको युपिबाट गत जेठ ३० गते काँकरभिट्टा भित्रिएका हुन् । त्यस्तै ५ नम्बर वडाको बालकल्याण माविको क्वारेन्टिनमा बसेका ३० वर्षीय पुरुष पनि भारतबाट आएको श्रोतले जनाएको छ ।

दुवै जनाको असार ३ गते पीसीआर परीक्षण गरिएको थियो । आइतबार पीसीआरको रिपोर्ट पोजेटिभ आएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here