इलाममा अनेरास्वबीयूका केन्द्रीय सदस्यले जेलबाट निकालिदिन्छु भन्दै पैसा लिएको खुलासा

1
2125

 

झापा, अनेरास्वबीयूका केन्द्रिय एक सदस्यले जेलबाट निकालिदिन्छु भन्दै पैसा लिएको खुलासा भएको छ ।
श्रोतका अनुसार अनेरास्ववीयूका केन्द्रीय सदस्य शन्धिभक्त शंकरले जेलमा परेमा मान्छे निकालिदिन्छु भन्दै कालिकोटका तिरुवा परिवारबाट साढे छ लाख रकम लिएको खुलेको हो । जेलमा परेका तिरुवा परिवारका तीन जनालाई तत्काल जेलमुक्त गर्ने भन्दै शंकरले पैसा लिएको खुलासा भएको हो। गत २०७५ साल असोज १६ गते इलामको पशुपतीनगरबाट तिरुवा परिवारका ३ जनालाई प्रहरीले पक्राउ गरेको थियो।

महिला बेचबिखन काण्डमा पक्राउ परेका कालिकोट जिल्ला सान्नी त्रिवेणी गाउँपालिका मुम्रा गाउँका जनक, लोकेन्द र लंक तिरुवा पक्राउ परेका थिए। उनीहरुलाई निकाल्न शंकरले पैसा लिएको पिडित परिवारको गुनासो गरेका छन। कारागारमा तिरुवा परिवारका पक्राउ परेका ३ जनाको भेट शन्धिभक्त शंकरका दाजु नाताका भैरबसँग भयो। भैरब समेत कारागारमा रहेका छन्। त्यहाँ कुराकानी भएपछि आफ्ना मान्छे निकाल्न जनकका भाई पुष्प र लोकेन्द्रका बुबा जयरुप तिरुवाको सन्धिभक्तसँग भेट भयो।

एक जना मान्छे निकाल्न साढे तीन लाख रकम माग्दै आएका सन्धिभक्तले तीन जनाबाट साढे छ लाख रकम लिएरै छाडे। त्यसपछि पनि पक्राउ परेकाहरु नछुटेपछि तिरुवा परिवारलाई शंका लाग्न थाल्यो। शंका लागेपछि शन्धिभक्तसँग पटकपटक पैसा माग्दा नदिएपछि गत २०७६ भदौमा शंकरले सापट लिएको कागज बनाइयो।

सो कागजमा २०७६ साल कात्तिक मसान्तभित्र पैसा तिरिसक्नु पर्ने उल्लेख गरिएको छ। यति सो मितिमा पैसा फिर्ता नदिए शन्धिभक्त शंकरको जायजेथाबाट पैसा असुल गर्ने समेत खुलाइएको छ। तर हालसम्म पैसा फिर्ता नहुँदा आफुहरु मर्कामा परेको जनकका भाई पुष्प तिरुवाले बताए। ‘मान्छे निस्कन्छ भनेर साहुसँग रिण मागेर पैसा दिइयो तर यस्तै भयो।’ पुष्पले भने।

पाँचथर घर भएका शन्धिभक्त हाल इलाम नगरपालिका ९ मा बसोबास गर्दै आएका छन्। नागरिकतामा भक्तप्रसाद शंकर र बोलाउने नाम शन्धिभक्त हो। शन्धिभक्तलाई परिवारले पैसा दिएपछि परिवारलाई ऋण लागेको छ। ऋणमा परेको परिवार हाल बेहालमा रहेको पुष्पले बताए। तिरुवा परिवारले शन्धिभक्तलाई पैसा दिएपछि घर जाने पैसा समेत नभएपछि तिरुवा परिवार कहिले होटल त कहिले कसैको घरमा बास माग्दै इलाममा नै रहयो।

तर पैसा नपाएपछि हाल उनीहरु इलाममा नै काम खोजेर पेट पालिरहेका छन्। शन्धिभक्त शंकरले फोन मार्फत कहिले पाँचथर घरमा छु त कहिले बाहिर छु भनेर ढाँट्ने गरेको समेत पुष्पले बताए। उनले तिरुवा परिवारलाई भाखा सारी सारी सताएको समेत पुष्पको भनाइ छ। ‘भोली, पर्सी भन्दै भाखा सारिरहनु हुन्छ सन्धि दाईले, तर पुरै पैसा भने पाएका छैनौ ।’ पुष्पले भने।

तिरुवा परिवारबाट लिएको साढे छ लाख पैसा गएको कात्तिकसम्ममा चुक्ता पारिसक्नु पर्ने कागजमा उल्लेख छ। सो अवधिमा पैसा चुक्ता नगरे प्रचलित ब्याज सहित पैसा बुझाउनु पर्ने कागजमा उल्लेख गरिएको छ। तर तिरुवा परिवारले हाल करिव डेढ लाख रकम शंकरबाट प्राप्त गरिसके पनि अन्य बाँकी रहेको रकम उठाउन उनीहरु लागि रहेका छन्।

यता शंकरले आफुले पैसा तिर्न खासै बाँकी नरहेको बताए। उनले तिरुवापरिवारबाट लिएको पैसा वकिललाई खर्च गर्न भनेर मागेको भन्दै सो रकम खासै फिर्ता गर्न बाँकी नरहेको बताए। उता पुष्पका बुबालाई आफुले पैसा तिरिसकेको भन्दै कागज समेत भइसकेको बताएका छन्। कागजमा दुवैपक्षबाट हस्ताक्षर र औँठाछाप समेत भएको छ। तर सो कागज झुठो रहेको तिरुवा परिवारले बताएका छन्। सन्धिभक्त शंकरले बोकेको कागज अनुसार अब तिरुवा परिवारलाई मात्र बाँकी ५० हजार दिन बाँकी रहेको उल्लेख गरिएको छ।

जयरुप तिरुवाले फोन सम्पर्कमा आफुहरुले शंकरबाट डेढलाख रकम लिएको र अन्य बाँकी भएको बताएका छन्। शंकरसँगकै पैसा उठाउन होटलमा आफु बसेको पनि शंकरले आफुलाई दिनेबाट नै कटाएको पिडित तिरुवा परिवारले बताएका छन्। तिरुवा परिवारले तत्काल पैसा नदिए अब कानुनी प्रक्रियामा जाने बताएको छ।

यो समाचार हाम्रा कुरा डटकमबाट लिइएको हो ।

https://hamrakura.com/news-details/81223/2020-06-21?fbclid=IwAR0n4LVCU7k11F815_DF_DEHT-3xTcKVh1NQEJa2ngwK0_6x7v1bSOBvTO4#.Xu8luvOH0WA.facebook

1 COMMENT

  1. यसको पुर्ण बिवरण नबुझी बोल्न गार्हो छ। छानबिन गरौ अन्यायमा परेकै भए सन्धिजी कारबाहीको भागिदार हुनपर्छ,हैन प्रोभोग हो भने कारबाही अर्कोतर्फ हुनुपर्छ।।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here