कबिता: ” म बिरक्तियको छु”

८ असार २०७७, सोमबार मा प्रकाशित

 

बिष्णुप्रसाद उप्रेती

म बिरक्तियको छु ! मेरो दुई छिमेकिले
ढुङ्गा हानाहान गरेको देखेर….!
म निरास भयको छु बिबाद कहा बाट सुरुभयो
आफ्नो लक्ष्मण रेखा बाहिर टेकेर….?
म जाबो सानो कमिलो हु।
मेरो घर्को दाया- बायाँ भिमकाया ठुला- ठुला
छिमेकी बस्छ्न।यो समाज अनि मुलुक्कै ठुला
छिमेकि हुन उनिहरु…!!!
शान्तिका लागि उदाहरण बन्नु पर्ने छिमेकी
तर उनी हरु युद्दका लागि चरम बिन्दुमा पुगि सके
आज भोलि ढुङ्गा हाना -हान चल्छ
लछार-पछार अनि ताना-तान र रिस्को आगो बल्छ।
तेतिकैमा रगत्को खोलो बग्छ दुबै तिर क्षेती हुन्छ
हामि जस्तै मानबले बिरगती प्राप्त गर्छ।

हो…… म बिरक्तियको छु।

छिमेकिको के कुरा गरु…!!!
आफ्नै घर भित्रको ताण्डब नाचले
म ….बिरक्तियको छु।
मेरो घर- परिवारलाइ मैले भने अब हाम्रो
परिवार भित्र निरङ्कुस पद्दती हट्यो
ती काहालिलाग्दा दिन कट्यो
अब हाम्रो परिवार्मा लोक्तान्तृक
समाज्बादि धारको बिकाश हुन्छ।
पुजि बादी धारको बिनाश हुन्छ।भन्दै
म सधै घर्मा ओकालत गर्छु।
अब हाम्रो घर्मा सबै कुराको समानता हुन्छ
ती के के हुन भने…….??
बिचार्को समानता,राज्नितिक समानता
आर्थिक समानता,ल्याङ्गिक समानता
शैक्षिक समानता,रोज्गारिको समनता
हैसियतको समानता भन्दै उनिहरुका अगाडी
दरै सग कुर्लिन्छु र बिश्वास दिलाउदै छु

तर………….!!!!:
म…..बिरक्तियको छु ….!!

किन कि….!
मेरो भिमकाया छिमेकी को
त छड र म छाडदेखेर ।
काटा काट देखेर।मारा मार देखेर
मैले मेरो छिमेकी बाट अब के सिक्ने..??
अब म त लोक्तान्तृक समाज बाद्को
गिता गाउदै मेरो परिवार लाई
श्रीखण्ड झै घोटी यिन्कै पसिनाको
सीता खादै छु म…!

हो म गिता गाउदै सीता खादै छु…!!!

किन कि मेरो सङ्गत पुजि बादी सगै छ
मेरो बानी पनि पुजि पतिलाइ पाल्ने
पोस्ने र हुक्के चिलिमे बैठके बन्ने नै हो
उन्कै आसिर्वादमा म मेरो घर परिवार्लाइ
दादा गिरि गर्छु।धेरै बोले मार्छु।
मैले जे भन्यो त्यो मान्नु पर्छ
मलाइ परिवार्को ठूलो ठान्नु पर्छ।
म लाई केही काम लाउनु हुदैन
घर को ठूलो मान्छे म
काम्को नाउमा यौटा सिन्को पनि छुदैन

तेसैले त…म.. बिरक्तियको छु।

आफ्नो घर्को रक्ष्याको लागि
जो लागि पर्छ तेइ बेक्ती बहादुर हो
भनेर कुर्लन्छु।
इनको बिवाहमा सरिक हुन्छु
मलामिम सरिक हुन्छु।
जन्म दिन्मा सरिक हुन्छु। र उनी हरुलाइ
म खोक्रो लोक्तान्तृक समाज बादको
भासण सुनाउछु। त्यो पनि ठु…लो स्वोरले

तर……!
म र मेरो ल्यागतले पुजि बादी धार तिरको
पाइला पैल्याइ सके छ ।
मेरो इज्जत प्रतिष्ठा सबै मैल्याइ सके छ
हो….म …बिरक्तियको छु।

अब त……!
मेरो परिवार मेरो कुरै सुन्दैनन
मलाइ परिवार भित्र सदस्य नै गन्दैनन
अधिनायक वादको पराकाष्ट हो यो
कैही योजना बनाउदा पनि मलाइ केही भन्दैनन
भन्छ्न उनिहरु इ जवानाका मान्छे केही जान्दैनन
तेसैले म आज भोलि आफ्नै सिद्दान्त बोकेको छु।
म आफै कृयासिल भयर जीवन हाकेको छु।
म आफ्नो परिवार सग आफै लुकेको छु।
कुनै बेला इन्का बिरुद्द आफै चुकेको छु।
हो म आज भोलि पश्चातपले सुकेको छु
…..तेसैले त…..
म …..बिरक्तियको छु ।

काभ्रे भुम्लु- ६

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here