‘नेरामाप’ र ‘मासेस’ द्धारा रोग प्रतिरोधात्मक औषधी सहयोग

0
628

अर्जुनधारा।

नेपाल राष्ट्रिय मारवाडी परिषद् र मारवाडी सेवा समिति नेपालको सहयोगमा रोग प्रतिरोधात्मक क्षमता बढाउने उद्धेश्यले सोमबार झापाको अर्जुनधारामा निःशुल्क होमियोप्याथिक औषधी वितरण गरिएको छ ।

नेपाल मारवाडी मञ्च शनिश्चरे, शनिश्चरे सुपारी सहकारी संस्था र “हामी ३८ से”को संयोजनमा सर्वसाधारणहरुलाई आर्सेनिकम एल्बम ३० सी नामको औषधी वितरण गरिएको हामी ३८ सेका संयोजक शेखर प्रधानले जानकारी दिए ।

संयोजक प्रधानका अनुसार वितरण गरिएको उक्त औषधी सेवन विधि अन्र्तगत तीन दिन लगातार विहान खाली पेटमा एक–एक चक्की र हप्तामा एक चक्की एक पटक गरी जम्मा तीन हप्ता सेवन गर्नुपर्ने बताइएको छ । “एक व्यक्तिले छ वटा चक्की सेवन गर्नुपर्ने हुन्छ”– उनी थप प्रष्ट पार्छन् ।

पहिलो चरणमा एक हजार जनालाई र दोस्रो चरणमा आठ सय जनालाई वितरण गरिएको उक्त औषधीे तेस्रो चरणमा साविक खुदुनावारी गाविस हाल अर्जुनधारा–१, २ र ३ नम्बरका सर्वसाधारणहरुलाई लक्षित गरि वितरण गर्ने तयारी भइरहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here