अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पारित

0
422

काठमाडौँ, 

राष्ट्रियसभाले “केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७” सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

सभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत गर्नुभएको उक्त प्रस्ताव सर्वसम्मतीले पारित भएको हो ।

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले, “अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो विधेयक) विधेयक, २०७६” र “भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६” सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्नुभएको थियो ।

राष्ट्रियसभाको अर्काे बैठक यही असार ९ गते बिहान ११ बजे बस्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here